शान्ति, निकास ,बिकाश र विचार ।।
नेपालवाद, यसका अवधारणा र प्रतिपादित सिद्धान्त ।
शान्ति , निकास , विकास र विचारको हाम्रो मूल नीति ।।
शान्ति
जबसम्म देशमा शान्ति स्थापना हुँदैन तबसम्म कुनै पनि विकासका कार्यक्रम र ठूलो परिवर्तन हुन सक्दैन भन्ने हाम्रो मान्यता हो । देशमा प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र वा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि न शान्ति छायो न त जनताले शान्ति र सुरक्षाको महसुस नै गर्न पाएका छन । नेपाली जनता सदा नै भयवित र त्रसित अवस्थामा बाच्नुपर्ने वाध्यता पुराना राजनैतिक दलहरूले सिर्जना गराएका छन् । मुलुकमा अशान्ति रहँदा तिनै राजनैतिक दलका भ्रातृ एवं जनवर्गिय संगठनहरू कल – कारखाना र उधोगधन्दाभित्र हाबी हुँदा सम्पूर्ण कल – कारखाना र उधोगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको छ । पञ्चायतकालमा स्थापना भएका कलकारखाना , उधोगधन्दाहरू धराशायी भएर सबैको अस्तित्व मेटिदैगएको छ । यसले गर्दा रोजगारीको अवसर झनै हराएको छ । र त लाखौं शिक्षित युवाबर्ग रोजगारीको लागि विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । यो समस्यासँग शान्ति स्थापनाको मुद्दा प्रत्यक्ष र अप्रत्यक्ष ढंगबाट पनि जोडिएको छ । अर्थात् शिक्षित पुराना तथा नयाँ पुस्ता बाहिरिनुको मुख्य कारण भनेकै विद्यमान अशान्त राज्यबाट रोगजारका अवसरहरू नपाउनु हो ।
नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्तको पहिलो कदम शान्ति स्थापनाका लागि देशमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीबाहेक राज्यको तर्फबाट १ लाखदेखि २ लाखको हाराहारीमा पहिलो २ बर्षभित्र नै अनिवार्यरुपमा शान्ति स्थापक शान्ति प्रहरी बलको गठन हुनेछ । यसरी देशमा शान्ति र स्थायित्व कायम गरी राज्यले नेपाली जनता , स्वदेशी लगानी तथा बिदेशी लगानीकर्ताको जीउधन र सम्पतिको शतप्रतिशत सुरक्षा गर्नेछ । त्यसपछि हामीले हरेक किसिमका उद्योगधन्दा कलकारखाना र विकासका कार्ययोजनाहरू धेरैभन्दा धेरै स्थापना गर्न सक्छौं र देशमा रहेका शिक्षित युवा र अन्य जनशक्तिलाई रोजगारका अवसरहरू चाँडोभन्दा चाँडो दिलाउन सक्नेछौं ।
देशमा कसरी शान्ति कायम गर्ने ?
१ . जनताको जीउधनको सुरक्षाको लागि नेपाल प्रहरी , शसस्त्र प्रहरी र शान्ति स्थापक प्रहरी क्षेत्रफल तथा जनसंख्याका आधारमा परिचालन गर्नुपर्ने ।
२ . बलात्कारी , महिला हिंसा र चेलिबेटी बेचबिखन कानुनमा परिवर्तन गर्नुपर्ने र मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देज हटाउन पहल गर्ने ।
३ . चोरी , डकैति र लुटपाट गर्नेलाई कुनै पनि छूट नहुनेगरी आजीवन काराबासको सजायँ गर्नुपर्ने ।
४ . हत्यारालाई मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देज हटाउन पहल गर्ने ।
५ . लगानीकर्ताको ज्यान र सम्पत्तिको सुरक्षा एवं क्षतिको जिम्मा राज्यले लिनुपर्ने ।
६ . ब्यापार , ब्यवसाय , उधोगधन्दा , कलकारखाना र सार्वजनिक यातयात सेवा बन्द गर्नेलाई कडा कारवाही गर्नुपर्ने ।
७ . गुण्डागर्दी गर्ने , सार्वजनिक आतंक मच्चाउनेलाई कडा सजायँको लागि कानुन परिवर्तन गर्नुपर्ने ।
८ . सार्वजनिक , सरकारी , संस्थागत तथा ब्यक्तिगत सम्पत्तिको क्षति गर्नेलाई कडाभन्दा कडा सजायँ गर्ने ।
९ . सरकारी कार्यालय , संस्थान , उधोगधन्दा र कलकारखानामा कुनै पनि दलका भ्रातृ , भगिनी तथा जनबर्गिय संगठनहरू खोल्न नपाउने गरी बन्देज लगाउने ।
१० . बन्द , हड्ताल गर्ने र गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने ।
११ . शान्ति स्थापना गर्न प्रत्येक नगर र गाउँपालिकाका वडाहरूमा जानकारी , चेतनामुलक र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।
१२ . शान्ति , निकास , विकास र विचारको हाम्रो नीतिलाई देशका विभिन्न क्षेत्रमा व्यापकरुपमा प्रचार , प्रसार गर्ने ।
निकास
हामीले निकासको बाटो खोज्दैजाँदा हाम्रो अभियानमार्फत् केही महत्वपूर्ण काम गरेर देखाउनुपर्ने हुन्छ । विश्व राजनीति र विश्वका अन्य राष्ट्रहरूको विकासलाई हेर्ने हो भने अझै हाम्रो देश ५ सय वर्ष पछाडि रहेको महसुश हुन्छ । जबसम्म देशले निकास पाउँदैन तबसम्म विकासका पूर्वाधारहरू तयार हुन सक्दैनन् । अहिलेसम्मको राजनैतिक अवस्थालाई नियाल्दा जहानियाँ हुकुमी , राणा शासन , निरंकुश सामन्ती शासन , दक्षिणपन्थी बुर्जुवा शासन र एकल जड्सूत्रवादी शासकहरूको हाबीसँगै , सामान्तवाद र विस्तारवादका दलालहरू सत्ताको वरिपरी लुट्पुटिरहेको अवस्था छ । यस अर्थमा सामाजिक रुपान्तरणसँगै गुणात्मक परिवर्तन गर्न हाम्रो निरन्तरताको आवश्यकता छ । देशलाई औधोगिकरण गर्न देशमा शान्ति स्थायित्व हुनु पर्दछ । सामाजिक र भौतिक विकासका लागि शासकहरूलाई कुनै चासो छैन । हाम्रो भौगोलिक बिशिष्टतालाई कुनै पनि राजनैतिक शक्तिहरूले गहिरिएर अध्यान गर्न सकेका छैनन् । बर्गिय क्रान्तिका नारा उराल्नेहरू कोही निरंकुश शासकका रुपमा विराजमान भए भने केही अझै क्रान्तिको बिगुल फुक्दैछन । तसर्थ हामीले राष्ट्रको निकासका लागि के – के गर्न आवश्यक छ त भन्ने यहाँ उल्लेख गरेका छौं ।
१ . राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने र दलहरूको सत्तामोहसँगै सरकार फेरबदलको नाटकीय खेलहरूको अन्त्य गरिनुपर्ने ।
२ . भ्रष्टाचार , कमिशनतन्त्र र घुसखोरीको अन्त्य हुनुपर्ने ।
३ . प्रत्येक नेपाली जनतालाई राष्ट्रिय भावना उत्प्रेरित गराउन विचारशिल प्रशिक्षणको वातवरण मिलाउनुपर्ने ।
४ . सरकारीतन्त्र र कर्मचारीतन्त्रमा आफूवाद , परिवारवाद , आफन्तवादको अन्त्य गरी प्रतिष्पर्धामुलक नागरिक राज्य व्यवस्था कायम गर्नुपर्ने ।
५ . गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको लूटतन्त्रलाई बन्द गराउनुपर्ने ।
६ . स्थानीय निकायलाई सक्रिय र जनमुखी बनाउनुपर्ने ।
७ . अस्पष्ट परराष्ट्र नीतिको अन्त्य हुनुपर्ने ।
विकास
अहिलेको २१औं शताब्दिमा संसारमा हाम्रो राष्ट्रको समृद्धि र विकासबिना परिचित गराउन गाह्रो पर्छ । राष्ट्रको विकास र समृद्धिबिना रोजगारका अवसरहरू पाउन सकिँदैन । बहुसंख्यक युवा – युवती बिदेशी राष्ट्रको गुलाम र दास बनिरहनुपर्ने हुन्छ । हुन त हामी दास प्रथाको अन्त्य भयो भन्छौं । तर , खोई ? आज पनि तपाईं – हामी अर्काको देशमा दास बन्न वाध्य छौं । नेपालको कानुनले दास प्रथा अन्त्यको घोषणा गरे पनि नेपालका शासकहरूले अझै हामीलाई बिदेशीको दास बनाइरहेकै छन् । तपार्इं – हामीले स्वदेशमा रोजगारका अवसर नपाउँदा हाम्रो उमेर र जवानी बिदेशीको घरधन्दा , सरसफाई , खाना पकाउने , बच्चादेखि बुढाबुढीहरूसम्मको स्याहारसुसार , हेरचाह गर्दै र बिदेशमा डरलाग्दा तथा जोखिमपूर्ण काममा नै बितेको छ । अर्कातर्फ श्रीमान , श्रीमति बर्षौबर्ष छुट्टिएर बस्नुपर्ने बाध्यताहरू छन् भने तपाईं – हाम्रा छोराछोरी हामी जिउँदै हुँदा पनि टुहुराझैं भएका छन । यी यावद अवस्थाको सिर्जना हुनु , जनता गरिब बन्नु र रोजगारका अवसरहरू नपाउनुमा देशको राजनैतिक अस्थिरता कारक छ । जबसम्म देशमा नयाँ – नयाँ आयोजनाका साथै ठूल्ठूला उधोगधन्दा , कलकारखनाको स्थापना हुँदैन तबसम्म देशमा विकासको सम्भावना रहन्न । यसमा कुनै शंका छैन । त्यसैले देश विकास नहुनुका पछाडि के – के कारण छन् र विकास गर्नाका लागि के – के गर्नुपर्छ त ? बँुदागतरुपमा यहाँ प्रस्तुत गरिएको छ ।
१ . बिदेशिएका उर्जाशिल युवाबर्गलाई स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना गरेर देशको विकाश गर्न सकिन्छ । यसअन्तर्गत नयाँ – नयाँ आयोजनासँगै ठूल्ठूला उधोगधन्दा र कलकारखानाको स्थापना गर्ने ।
२ . देशका ७७ वटै जिल्लाको भू – परिवेशलाई गहिरिएर अध्ययन गर्ने ।
३ . पुराना उधोगधन्दा र कलकारखानालाई तत्काल सञ्चालनमा ल्याउने ।
४ . विकासका लागि सम्भावित क्षेत्रहरूमा सम्वन्धित विषयका प्राबिधिज्ञहरू परिचालन गर्ने ।
५ . घरेलु कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने ।
६ . राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानीका लागि प्रोत्साहन गराउने ।
७ . देशमा भएका खनिज पदार्थ , जडिबुटी , जलविद्युतलगायत अन्य विकासका सम्भाव्यताहरूको खोजी गर्ने ।
८ . कृषि क्षेत्रलाई पूर्णरुपमा आधुनिकीकरण गरी प्रबिधिमूलक तालिम दिएर दक्ष कृषक बढाउने ।
९ . प्रत्येक आर्थिक बर्षमा कुनै पनि नयाँ योजना र विकासका लागि छुट्याइएको बजेट सञ्चित नगरी पूर्णरुपमा उपयोग गर्ने ।
१० . पर्यटन क्षेत्रको विकासका लागि पर्यटकहरूलाई सहुलियत हवाई टिकटको ब्यवस्थासँगै अन्तर्राष्ट्रियस्तरको सुलभ र सहुलियत व्यवस्थापन गर्ने ।
११ . पौराणिक , ऐतिहासिक र रमणिय क्षेत्रहरूको विकासकासाथै पुराना , साँस्कृतिक मठ – मन्दिरहरूको मर्मतसंहार एवं निर्माण गर्ने ।
विचार
हामीले हाम्रो देशको भौगोलिक विशिष्टता अनुसार नेपालवादको नीति प्रतिपादन गरेका छौं । बहुदलिय व्यवस्थाको स्थापनापश्चात् भिख मागिएको बादले देशलाई लथालिंग र भताभुंग बनाएको छ । परिणाम त उर्जाशिल युवाशक्ति बिदेशमा लोपहुँदै गरेको अहिलेको अवस्थामा तिनै युवाहरूको सोच र विचारबाट सिर्जित नेपालवादको नयाँ विचार तथा अभियानलाई नेपाल अनि नेपाली जनतामाझ पुर्याउने जमर्को हामीले गरेका छौं । हतियार उठाउने उग्र सोच , विचारले मानब हत्या – हिंसाको श्रृंखला बढ्ने र स्थायी शान्तिलाई तहसनहस बनाउने छ । यही कारण देशमा बिखण्डनकारी शक्तिहरुको घुसपैठ हुने तथा सिंगो राष्ट्र नै तहसनहस बन्ने खतरा या अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ राष्ट्रको आमुल परिवर्तनका लागि बैचारिक युद्धमात्र प्रयोग गर्न जरुरी छ । तपार्इं – हाम्रो राम्रो सोच र विचारले समाजलाई जहिले पनि शान्त र भयरहित राख्न सकिन्छ ।
हो , नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्त कुनै पनि बिदेशीबादसँग जोडिएको छैन । आफूलाई गणतन्त्रवादी भनाउदा निरंकुश शासकहरूबाट बिदेशी भूमिमा श्रम गर्न लखेटिएका लाखौं युवाबर्गबाट जन्मिएको विचारशील शक्ति नै नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्त अनुरुपको ‘ शान्ति , निकास , विकास र विचारको हाम्रो मूल नीति ’ हो । यस अर्थमा यही शक्तिले मात्र नेपालमा युगान्तकारी परिवर्तन ल्याउने छ । नेपाली जनतामाझ असल र राम्रो सोच पु ¥ याउँदै नेपालवादको वैचारिक सोचलाई अगाडि बढाउन निम्न कामहरू गर्नुपर्ने अनिवार्यता रहन्छ ।
१ . हत्या , हिंसा , अपराधमुक्त समाज निर्माण गर्न जनतालाई कानुनी प्रशिक्षण दिने र कानुनका उपयोगी , ज्ञानवद्र्धक पुस्तकहरू वितरण गर्ने ।
२ . शान्ति , निकास , विकास र विचार नीतिलाई देशब्यापी प्रचार – प्रसार गर्ने ÷ गराउने ।
३ . नेपालको भौगोलिक बिशिष्ठता अनुसार चलिआएको आ – आफ्नो परम्परा , धर्म संस्कृति , रहनसहन र भाषाबारे प्रशिक्षित गराउने ।
४ . कर्मचारीभित्र भएका राजनैतिक दलको सोच र संगठनलाई बन्द गरी जनमुखी कर्मचारीतन्त्रको विकास गर्ने ।
५ . अशिक्षित , निरक्षर जनताको लागि देशब्यापी अनिवार्य सामाजिक शैक्षिक प्रणाली लागू गरी साक्षर जनशक्ति निर्माण गर्ने ।
६ . अशक्त , अपांग , दृष्टिबिहीन आदिलाई उपयोगीमुलक शिक्षा प्रणाली लागू गर्ने ।
७ . गरिबीका कारण विद्यालय नदेखेका जनताका छोरा – छोरीलाई शिक्षा दिलाउन घरदैलो कार्यक्रम गर्ने र अनिवार्यरुपमा विद्यालय जाने वातावरण बनाउने ।
८ . बन्द , हड्ताल , तोडफोडजस्ता बिध्वंंसात्मक कार्य होइन , विचारको लडाईं लडांै , आफूलाई बौद्धिक तथा विवेकशिल बनाऔं भन्ने चेतनामूलक प्रशिक्षण दिने ।
९ . असल सोच र बिचारले मात्र सभ्य र शान्त समाजको निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाईं उजागर तथा व्यापक प्रचार – प्रसार गर्ने ।
धन्यावाद ।
घनश्याम चम्लागाँई
नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक
VIDEO
Membership Form is open for all
Click here to downoad
समाचार
नेपालमा किन हुन सकेन मानवअधिकार
नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालमा जनयुद्धको
घनश्याम