घोषणा – पत्र र दस्तावेज , शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति ।।

)

नेपालवाद, यसका अवधारणा प्रतिपादित सिद्धान्त

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति ।।

नेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्तकोघोषणापत्रदस्तावेज, प्रतिवद्धता, उद्देश्य तथा कार्यनीति

विक्रम सम्वत् २०७१ फागुन ( सन् २०१५ फेब्रुअरी १६ ) का दिननेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्तअनुरुपशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति कोस्थापना भएको हो यही नीतिकासाथ स्वदेश तथा प्रवासमारहनुभएका श्रमजीवी युवाबर्गहरूको सहयोगमा संयोजकघनश्याम चम्लागाँईको नेतृत्वमा हाम्रो अभियान जन्मिएको हो नेपालवाद नयाँ सोच, नयाँ विचार नयाँ नेतृत्व लिएर आएकोविशुद्ध राष्ट्रवादी संगठन हो उच्च शिक्षा हासिल गरेर पनिबिदेशी भूमिमा जोखिमपूर्ण श्रम गर्न बाध्य ७० लाखभन्दा बढीयुवाबर्ग, स्वदेशमा रोजगार नपाएर छटपटाइरहेका लाखौंदाजुभाई तथा दिदीबहिनी, गरिबी उत्पिडनमा पिल्सिन वाध्यसम्पूर्ण नागरिकलाई स्वदेशमा नै रोजगारका अवसर सिर्जना गर्नेयो संगठनको मुख्य नीति एवं अभियान रहेको त्यस्तै देशमाविद्यमान राजनैतिक अस्थिरता, विकृति, विसंगति, विभेदजस्तासमस्याहरूलाई सामधान गर्दै दिगो आर्थिक विकासकोपरिकल्पनाकासाथै देशको भौगोलिक बनोट तथा परिवेशअनुसारको सामाजिक, जनहितमुलक दस्तावेज तयार गरीनेपाललाई समृद्ध राष्ट्रको रुपमा विश्वसामु चिनाउने पनि हाम्रोप्रमुख नीति लक्ष्य हो

उसो राष्ट्रको प्रधान शत्रु भनेकै गरिबी बेरोजगारी हो जबसम्म देशमा शान्ति स्थापना हुँदैन तबसम्म कुनै पनि क्षेत्रकोविकास परिवर्तन सम्भव छैन यो तथ्य नेपालवाद सिद्धान्तकोठोकुवा हो त्यसैले देश तथा विदेशमा रहेका नेपाली अर्थतन्त्रक्षेत्रका माफिया, पञ्चायतकालदेखि हालसम्मकाशासकहरूबाट भएका सम्पूर्ण संस्थागत तथा व्यक्तिगतभ्रष्टाचार भ्रष्टाचार नियन्त्रण गर्न स्थापना गरिएको अख्तियारदुरुपयोग अनुसन्धान आयोग, अर्थतन्त्रको साँचो लिएको नेपालराष्ट्र बैंक अर्थ मन्त्रालयलगायतका सम्पूर्ण प्रशासनिक अंगहरूमिलेर गरिएका व्यापक भ्रष्टाचार अनि घोटालामा जिम्मेवारब्यक्तिहरूलाई कानुनको कठघरामा उभ्याउने हामी दृढ संकल्पगर्दछौं देशीबिदेशी  दलाल सत्तामा बसेर राष्ट्रको ढुकुटीमाहालिमुहाली जमाउने राजनैतिक दलका नेतालाई बहिस्कृत गर्नेगराउने, पदिय दुरुपयोग गरेर आर्जन गरिएको सम्पत्तिराष्ट्रियकरण गर्ने प्रमुख लक्ष्य उद्देश्यसमेत हाम्रोअभियानअन्तर्गत रहेको सत्ताको आडमा हुने व्यक्ति, परिवार नातावाद अन्त्य गरी अनियमितता, कमिसन तथा भ्रष्टाचारलाईसदाका लागि तिलाञ्जली दिने अनि मुलुकमा शान्तिवाहलिसहित राष्ट्रिय उतपादनलाई प्रोत्साहन गर्नेगराउनेनेपालवादको महत्वको लक्ष्यभित्र पर्दछन्

प्रमुख उद्देश्य कार्यनीति

. शान्ति, निकास, विकास विचारको नीतिलाई यथार्थमाउपयोग गर्दै राष्ट्र,  राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता स्वाधिनताको पक्षमा अटल बफादार रहने नेपाली नागरिकलाईप्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र संघीय लोकतान्त्रिक गणतन्त्रकोवास्तविक अनुभूति दिलाउने

. आधुनिक शिक्षा प्रणाली कृषिलाई आधुनिकरणअन्तर्गतनिर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनमुखी बनाउने

. देशभर शान्तिसुरक्षा कायम गर्न बहुसंख्यक सुरक्षा दलपरिचालन गर्ने  बेरोजगारी समस्या समाधानका लागि स्वदेशीतथा बिदेशी लगानीकर्ताको लगानी, जिउधनको सुरक्षाकोग्यारेन्टी गर्ने उर्जा संकटको सदा समाधानको गर्न जलविद्युतकोउत्पादन बढाउने आधुनिक प्रबिधिहरू भित्र्याउने कृषि, पर्यटन, जडिबुटीलयागत थप उद्योगधन्दा, कलकारखानास्थापना गर्ने

. भूगर्भमा रहेका खनिज तथा कच्चा पदार्थको खोज, अनुसन्धान गर्दै बिज्ञहरू परिचालन गर्ने बजेटको सहीबिनियोजन तथा कार्ययोजनासहित जल, जमिन जंगलकोसमुचित उपयोगमा जोड दिने

. प्रयोगात्मक नागरिक कानुनी राज्य प्रणाली लागू गर्नेअठोटकासाथ जनताको अधिकारमा प्रत्येक जनताको मौलिकअधिकार, मानव अधिकार, नागरिक स्वन्तत्रा, प्रेस स्वतन्त्रता स्वन्तत्र नागरिक कानुनी राज्यप्रणालीअन्तर्गत स्वन्तत्र नागरिकन्यायलयको स्थापना गर्ने जसअन्तर्गत स्थानीय अदालतमा नैपुनराबेदन गर्न पाउने ब्यवस्था मिलाउने उच्च अदालत, उच्चडोर अदालत, सर्वोच्च अदालत सर्वोच्च डोर अदालतकोब्यवस्थापन गर्दै नागरिकले पाउनुपर्ने छिटोछरितो न्यायनागरिकको सहुलियतलाई मध्यनजर गरी तत्काल लागू गर्ने

. धार्मिक सवालमा सर्व धर्म सहभावको नीति अवलम्बन गर्दैजनमतको कदर गर्ने प्राचिन परापूर्व कालदेखि चलिआएकाआफ्नो परम्परा, धर्म संस्कृति, चालचलन, रितिरिवाज, भेषभुषा आदिको उत्थानविकासमा पूर्ण जोडदिदै संरक्षण गर्ने

. गणतन्त्र लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गर्दै खुल्लाप्रतिस्पर्धात्मक नागरिक शासन राज्य ब्यवस्थाको स्थापना गर्ने

. बहुजाति बहुभाषी रहेको हाम्रो देशमा अझै भाषाको विकासगर्न तत्काल चेतानामूलक कार्यक्रमको योजना ल्याउनुकासाथैविभिन्न जाति भाषाको विकास तथा उत्थान गर्न स्थानीयविद्यालयमा पठनपाठनको ब्यवस्था मिलाउदै भाषाको पहिचानअनि विकास गरी राष्ट्रिय भाषामा रुपान्तरण गर्ने

. हाम्रो प्रमुख मुद्दा शान्ति, निकास, विकास विचारको मूलनीतिलाई पूर्णरुपमा लागू गर्न नयाँ नियम, कानुन अभियानलाईकार्यान्वयनमा ल्याउन दृढ संकल्प गर्ने

१०. देशको प्रधान शत्रु गरिबी, अशिक्षा बेरोजगारी भएको हुँदायसैविरुद्ध सदैव लडिरहने कार्यायोजना अघि सार्ने

११. देश विकासका लागि अन्य विकासउन्मुख तथा विकसितदेशहरूले अपनाएको अग्रगामी ब्यवस्थापन पक्षलाई गहिरोअध्ययन, अनुसन्धान विश्लेषण गर्दै त्यस्ता योजनाहरू लागूगर्ने कृषि, जलविद्युत, खनिज पदार्थ, जडिबुटी, पर्यटनजस्ताबिकसित योजनाहरुको लागि विशेष प्याकेज लागू गर्ने

१२. जघन्य अपराध पूर्णरुपमा नियन्त्रण गर्न पुराना ऐन, नियम, कानुन संविधान परिमार्जन गरी लागू गर्ने

१३. आन्तरिक रोजगारीका लागिपब्लिक प्राइभेट पार्टनरसिपनीति अबलम्वन गर्दै स्वदेशी तथा बिदेशी लगानी भित्र्यनउने, जलविद्युतको उत्पादन बढाएर उर्जा संकटको दिगो समाधान गर्ने उद्योगधन्दाको स्थापना, पर्यटन ब्यवसायको सुदृढिकरन बस्तुतथा सेवाको उत्पादन गर्दै विश्व बजारमा निर्यात गर्ने श्रमिककोहकहितका लागि श्रम कानुनमा संशोधन गरी श्रमिकको श्रमसुरक्षाको ग्यारेन्टीसहित छुट्टै श्रम अदालतहरुको स्थापना गर्ने

१४. जुन देशसँग जेजस्तो स्रोत त्यसको उपयोग गर्ने नीतिअँगाल्ने खाडी मुलुकले तेलको, पश्चिमा देशहरूले बौद्धिकता, भारत चीनले जनशक्तिको उपयोग गरेर देशको विकासगरेजस्तै हमीले अपार जलस्रोतको उपयोग गरी स्वदेशीबिदेशीलगानीको सुरक्षाको ग्यारेन्टी गर्ने

१५. देशका बौद्धिक स्वस्थ उर्जाशिल जनशक्तिको उपयोग गर्ने त्यसका लागि उदार अर्थतन्त्रको नीति अवलम्बन गर्ने

१६. देशलाई शान्ति क्षेत्र घोषणा गरी नेपाली नागरिकलाईपूर्णरुपमा शान्तिको प्रत्याभूति दिलाउने

१७. बलात्कारी, हत्यारा चेलीबेटी बेचबिखन गर्नेलाई मृत्युदण्ड वा हदैसम्मको सजाय गर्न  नयाँ नियमकानुन बनाउने

१८. गुण्डागर्दी पूर्णरुपमा नियन्त्रण गर्न स्थानीय प्रशासन ऐनसंशोधन गर्ने

१९. गरिब जनताको जीवनस्तर माथि उठाउन कृषि क्षेत्रलाईआधुनिकरण गर्ने विभिन्नखाले उद्योगधन्दा खोल्न सरकारलेलगानी गर्ने

२०. धनी गरिबबीचको पर्खाल हटाउन कर, भाट प्रणालीलाईवर्गीकृत गर्ने, समानान्तर आर्थिक प्रणाली लागू गर्ने

२१. देशभरि नै शान्ति स्थापना गर्न जनचेतनामुलक कार्यक्रमहरूसञ्चालन गर्नेगराउने राजनैतिक अन्य दल, संघसंगठनहरूबाट हुने विरोधसभा, घेरावन्दी, नाकावन्दी, बन्द, हड्ताल आदि जनविरोधी कार्यक्रम वैचारिक रुपमा सदाकालागि निषेध गर्ने

२२. देशमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरीनियन्त्रण गर्न राष्ट्रसेवकहरूको मासिक पारिश्रमिकमा बृद्धिसहितभ्रष्टाचार ऐन कडाईं बनाउने भ्रष्टचार नियन्त्रण गर्ने अधिकारपाएकालगायत अन्य कर्मचारीलाई कार्यमुखी बनाउन बिशेषअनुगमन टोली पनि खटाउने

२३. महँगी, कालाबजारी नियन्त्रण गर्न कर अन्तसुल्ककार्यालयमा बिशेष अनुगमनको व्यवस्था, उचित करकोव्यवस्थापन अनि स्थानीय मन्त्रालयलअन्तर्गतका निकायलेबजारमूल्य निर्धारण गर्ने, मूल्यसूचिको विवरण सार्वजनिक गर्ने बजारमा मूल्य अनुगमन तथा नियन्त्रण विशेष टोली परिचालनगर्ने गल्ती, ठगी गरेको पाइएमा कडाभन्दा कडा कारवाहीकालागि नयाँ कानुन लागू गर्ने

२४. नेपाली नागरिकले अहिले स्वच्छ चाहेजस्तो स्वास्थ्यसुबिधा पाउन सकेका छैनन् विकट पहाडी जिल्ला दुर्गमक्षेत्रमा डाक्टरहरू जान चाहँदैनन यसो हुँदा डाक्टरकोअभावमा बर्षेनी सयौं नागरिकको अकालमा ज्यान जाने गर्छ यो अवस्थालाई मध्यनजर गर्दै प्रत्येक सरकारी डाक्टरले आफ्नोनोकरी अवधिभर कम्तिमा बर्ष विकट पहाडी जिल्ला तथादुर्गम क्षेत्रमा नोकरी गर्नुपर्ने त्यस क्षेत्रमा जान नचाहनेलाईघटीमा वर्षसम्म नोकरीबाट निलम्बन गर्ने अनि निजी क्लिनिकपनि खोल्न नपाउने कानुन ल्याउने

२५. सर्वसाधारणको हितलाई ध्यानमा राखी सरकारी कार्यालय कर्मचारीलाई जनमुखी बनाउन प्रत्येक सरकारीकार्यालयहरूमा सूचना पाटी अनिवार्यरुपमा राखी दैनिक सूचनाटास गर्नुपर्ने, प्रत्येक कार्यालयमा जनताको सहयोगको लागिनिबेदन फर्म निःशुल्क वितरण हुनुपर्ने स्वयमसेवकको व्यवस्थागर्ने

२६. शिक्षालाई प्रयोगमुखी बनाउन प्राबिधिकमूलक शिक्षाकोविकाश गर्न देशब्यापी प्राबिधिज्ञयहरूबाट विद्यार्थीलाई निम्नमाध्यमिक तहबाटै चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालनगर्ने, गराउने

२७. देशमा धेरैभन्दा धेरै नयाँ योजना ल्याउन देशब्यापी, सिचाई, खनिज, विद्युत, जडिबुटी, कृषी अन्य बिज्ञहरू परिचालन गर्ने  

२८. स्थानीय प्रशासन प्रहरीलाई जनमुखी बनाउन जनतालाईसचेत तथा जनप्रेमी तुल्याउन राज्यले कानुनी राज्य, नागरिककानुन, मानव अधिकार अन्य कानुनसम्वन्धी प्रशिक्षणकार्यक्रमहरू स्थानीयतहमा नै सञ्चालन गर्ने

२९. जेष्ठ, असक्त, अपाङ्ग तथा एकल नागरिक आश्रम निर्माणगर्ने

३०. असक्त, अपाङ्गलाई योग्यता, क्षमता शारीरिक अवस्थाअनुसार कामको जिम्मेवारी दिने

३१. उर्जा निर्भरताको लागि आधुनिक प्रबिधिहरूको प्रयोग बिज्ञहरू परचालन गर्ने

३२. ६० बर्ष उमेर पुगेका नागरिकलाई राज्यबाटै अनिवार्यबृद्धाभत्ताको ब्यवस्था गर्ने

३३. कुनै पनि नागरिक अशक्त प्रमाणित भएमा त्यस्तानागरिकलाई राज्यबाट भत्ताको ब्यवस्ता गर्ने

भावी कार्यक्रम रणनीति

नेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्त अनुरुपशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीतिअभियानअन्तर्गत नेपालका ७७ वटै जिल्लामा संगठन निर्माणभएका छन् यस नेपालवादको अभियानलाई साथ दिनअहिलेसम्म लाखौं नागरिक हामीसँग लामवद्धएकढिक्काहुनुभएको यो क्रम अझै दु्रत गतिमा जारी हाम्रो देशकोसन्र्दभमा यति छोटो अवधिको यो प्रयास शुभ संकेतमात्रै होइन, ठूलोे उपलव्धि हासिल भएको मान्नुपर्छ हाम्रो नीतिअभियानअगाडि बढाउनमा प्रत्येक सदस्यहरूको आफ्नो स्थानबाटमहत्वपूर्ण भूमिका तथा योगदान रहेको आगामी दिनमा पनिरहने ठहर हामीले गरेका छौं तसर्थ भावी दिनमा हामी मध्येबाटैदक्ष, बौद्धिक सक्रिय अभियन्ता उत्पादन गरी छनोटसहितगाऊँसहरमा संगठन निर्माण, बिस्तार एवं प्रशिक्षण कार्यक्रमकालागि पठाइने हाम्रो नीति अभियानबारे नागरिकलाई सचेतगराउने, कार्यकर्ताहरू परिचालन गर्ने, स्थानीयदेखि केन्द्रसम्मसदस्यहरूको बर्गिकरण गरी लेबी तोकी सगठनलाईआर्थिकरुपमा मजबुत बनाउने, सगठनका सदस्यहरूलाईअनुशासित एवं मर्यादित तुल्याउने, देशव्यापीरुपमा प्रशिक्षणकार्यक्रमहरू आयोजना गर्ने, केन्द्रदेखि प्रदेश, जिल्ला, नगर गाउँपालिकास्तरमा कार्यालय तथा सम्पर्क कार्यालयहरूस्थापना गर्नेजस्ता कार्यक्रम हाम्रो प्राथमिकताको सूचिमा रहेकाछन्

नेपालवादको कार्यनीति तथाशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति वास्तवमा नै नेपाली नागरिककोशक्ति भएकाले अब यो छिट्टै सिंगो मुलुकभर स्थापित अनिलोकप्रिय बन्नेमा कुनै सन्देह छैन अन्तमा, देशलाई शान्ति, निकास, विकास विचार दिन अग्रसर सवैको शक्तिप्रति सदैवसहयोग सदभाव प्रकट गर्नुहुने हाम्रा सम्पूर्ण सदस्य, शुभेच्छुक, शुभचिन्तक तथा विभिन्न पेसाक्षेत्रमा आवद्ध आमजनसमुदायमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु

धन्यवाद

घनश्याम चम्लागाँई

नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal