शान्ति, निकास ,बिकाश र विचार ।।

नेपालवाद, यसका अवधारणा प्रतिपादित सिद्धान्त

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति ।।

शान्ति

जबसम्म देशमा शान्ति स्थापना हुँदैन तबसम्म कुनै पनिविकासका कार्यक्रम ठूलो परिवर्तन हुन सक्दैन भन्ने हाम्रोमान्यता हो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वालोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि शान्ति छायो जनताले शान्ति सुरक्षाको महसुस नै गर्न पाएका छन नेपालीजनता सदा नै भयवित त्रसित अवस्थामा बाच्नुपर्ने वाध्यतापुराना राजनैतिक दलहरूले सिर्जना गराएका छन् मुलुकमाअशान्ति रहँदा तिनै राजनैतिक दलका भ्रातृ एवं जनवर्गियसंगठनहरू कलकारखाना उधोगधन्दाभित्र हाबी हुँदा सम्पूर्णकलकारखाना उधोगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको पञ्चायतकालमा स्थापना भएका कलकारखाना, उधोगधन्दाहरूधराशायी भएर सबैको अस्तित्व मेटिदैगएको यसले गर्दारोजगारीको अवसर झनै हराएको लाखौं शिक्षितयुवाबर्ग रोजगारीको लागि विदेशिनु पर्ने बाध्यात्मक अवस्थाकोसिर्जना भएको यो समस्यासँग शान्ति स्थापनाको मुद्दाप्रत्यक्ष अप्रत्यक्ष ढंगबाट पनि जोडिएको अर्थात् शिक्षितपुराना तथा नयाँ पुस्ता बाहिरिनुको मुख्य कारण भनेकै विद्यमानअशान्त राज्यबाट रोगजारका अवसरहरू नपाउनु हो

नेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्तको पहिलोकदम शान्ति स्थापनाका लागि देशमा रहेका नेपाल प्रहरी शसस्त्र प्रहरीबाहेक राज्यको तर्फबाट लाखदेखि लाखकोहाराहारीमा पहिलो बर्षभित्र नै अनिवार्यरुपमा शान्ति स्थापकशान्ति प्रहरी बलको गठन हुनेछ यसरी देशमा शान्ति स्थायित्व कायम गरी राज्यले नेपाली जनता, स्वदेशी लगानीतथा बिदेशी लगानीकर्ताको जीउधन सम्पतिको शतप्रतिशतसुरक्षा गर्नेछ त्यसपछि हामीले हरेक किसिमका उद्योगधन्दाकलकारखाना विकासका कार्ययोजनाहरू धेरैभन्दा धेरैस्थापना गर्न सक्छौं देशमा रहेका शिक्षित युवा अन्यजनशक्तिलाई रोजगारका अवसरहरू चाँडोभन्दा चाँडो दिलाउनसक्नेछौं

देशमा कसरी शान्ति कायम गर्ने ?

. जनताको जीउधनको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्रप्रहरी शान्ति स्थापक प्रहरी क्षेत्रफल तथा जनसंख्याकाआधारमा परिचालन गर्नुपर्ने

. बलात्कारी, महिला हिंसा चेलिबेटी बेचबिखन कानुनमापरिवर्तन गर्नुपर्ने मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देजहटाउन पहल गर्ने

. चोरी, डकैति लुटपाट गर्नेलाई कुनै पनि छूट नहुनेगरीआजीवन काराबासको सजायँ गर्नुपर्ने

. हत्यारालाई मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देज हटाउनपहल गर्ने

. लगानीकर्ताको ज्यान सम्पत्तिको सुरक्षा एवं क्षतिको जिम्माराज्यले लिनुपर्ने

. ब्यापार, ब्यवसाय, उधोगधन्दा, कलकारखाना सार्वजनिकयातयात सेवा बन्द गर्नेलाई कडा कारवाही गर्नुपर्ने

. गुण्डागर्दी गर्ने, सार्वजनिक आतंक मच्चाउनेलाई कडासजायँको लागि कानुन परिवर्तन गर्नुपर्ने

. सार्वजनिक, सरकारी, संस्थागत तथा ब्यक्तिगत सम्पत्तिकोक्षति गर्नेलाई कडाभन्दा कडा सजायँ गर्ने

. सरकारी कार्यालय, संस्थान, उधोगधन्दा कलकारखानामाकुनै पनि दलका भ्रातृ, भगिनी तथा जनबर्गिय संगठनहरू खोल्ननपाउने गरी बन्देज लगाउने

१०. बन्द, हड्ताल गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनीकारबाही गर्ने

११. शान्ति स्थापना गर्न प्रत्येक नगर गाउँपालिकाकावडाहरूमा जानकारी, चेतनामुलक प्रशिक्षण कार्यक्रमहरूसञ्चालन गर्ने

१२. शान्ति, निकास, विकास विचारको हाम्रो नीतिलाई देशकाविभिन्न क्षेत्रमा व्यापकरुपमा प्रचार, प्रसार गर्ने

निकास

हामीले निकासको बाटो खोज्दैजाँदा हाम्रो अभियानमार्फत् केहीमहत्वपूर्ण काम गरेर देखाउनुपर्ने हुन्छ विश्व राजनीति विश्वका अन्य राष्ट्रहरूको विकासलाई हेर्ने हो भने अझै हाम्रो देश सय वर्ष पछाडि रहेको महसुश हुन्छ जबसम्म देशले निकासपाउँदैन तबसम्म विकासका पूर्वाधारहरू तयार हुन सक्दैनन् अहिलेसम्मको राजनैतिक अवस्थालाई नियाल्दा जहानियाँहुकुमी, राणा शासन, निरंकुश सामन्ती शासन, दक्षिणपन्थीबुर्जुवा शासन एकल जड्सूत्रवादी शासकहरूको हाबीसँगै, सामान्तवाद विस्तारवादका दलालहरू सत्ताको वरिपरीलुट्पुटिरहेको अवस्था यस अर्थमा सामाजिक रुपान्तरणसँगैगुणात्मक परिवर्तन गर्न हाम्रो निरन्तरताको आवश्यकता देशलाई औधोगिकरण गर्न देशमा शान्ति स्थायित्व हुनु पर्दछ सामाजिक भौतिक विकासका लागि शासकहरूलाई कुनैचासो छैन हाम्रो भौगोलिक बिशिष्टतालाई कुनै पनि राजनैतिकशक्तिहरूले गहिरिएर अध्यान गर्न सकेका छैनन् बर्गियक्रान्तिका नारा उराल्नेहरू कोही निरंकुश शासकका रुपमाविराजमान भए भने केही अझै क्रान्तिको बिगुल फुक्दैछन तसर्थ हामीले राष्ट्रको निकासका लागि केके गर्न आवश्यक भन्ने यहाँ उल्लेख गरेका छौं

. राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने दलहरूकोसत्तामोहसँगै सरकार फेरबदलको नाटकीय खेलहरूको अन्त्यगरिनुपर्ने

. भ्रष्टाचार, कमिशनतन्त्र घुसखोरीको अन्त्य हुनुपर्ने

. प्रत्येक नेपाली जनतालाई राष्ट्रिय भावना उत्प्रेरित गराउनविचारशिल प्रशिक्षणको वातवरण मिलाउनुपर्ने

. सरकारीतन्त्र कर्मचारीतन्त्रमा आफूवाद, परिवारवाद, आफन्तवादको अन्त्य गरी प्रतिष्पर्धामुलक नागरिक राज्यव्यवस्था कायम गर्नुपर्ने

. गैरसरकारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूकोलूटतन्त्रलाई बन्द गराउनुपर्ने

. स्थानीय निकायलाई सक्रिय जनमुखी बनाउनुपर्ने

. अस्पष्ट परराष्ट्र नीतिको अन्त्य हुनुपर्ने

विकास

अहिलेको २१औं शताब्दिमा संसारमा हाम्रो राष्ट्रको समृद्धि विकासबिना परिचित गराउन गाह्रो पर्छ राष्ट्रको विकास समृद्धिबिना रोजगारका अवसरहरू पाउन सकिँदैन बहुसंख्यकयुवायुवती बिदेशी राष्ट्रको गुलाम दास बनिरहनुपर्ने हुन्छ हुन हामी दास प्रथाको अन्त्य भयो भन्छौं तर, खोई ? आजपनि तपाईंहामी अर्काको देशमा दास बन्न वाध्य छौं नेपालकोकानुनले दास प्रथा अन्त्यको घोषणा गरे पनि नेपालकाशासकहरूले अझै हामीलाई बिदेशीको दास बनाइरहेकै छन् तपार्इंहामीले स्वदेशमा रोजगारका अवसर नपाउँदा हाम्रो उमेर जवानी बिदेशीको घरधन्दा, सरसफाई, खाना पकाउने, बच्चादेखि बुढाबुढीहरूसम्मको स्याहारसुसार, हेरचाह गर्दै बिदेशमा डरलाग्दा तथा जोखिमपूर्ण काममा नै बितेको अर्कातर्फ श्रीमान, श्रीमति बर्षौबर्ष छुट्टिएर बस्नुपर्ने बाध्यताहरूछन् भने तपाईंहाम्रा छोराछोरी हामी जिउँदै हुँदा पनि टुहुराझैंभएका छन यी यावद अवस्थाको सिर्जना हुनु, जनता गरिब बन्नु रोजगारका अवसरहरू नपाउनुमा देशको राजनैतिक अस्थिरताकारक जबसम्म देशमा नयाँनयाँ आयोजनाका साथैठूल्ठूला उधोगधन्दा, कलकारखनाको स्थापना हुँदैन तबसम्मदेशमा विकासको सम्भावना रहन्न यसमा कुनै शंका छैन त्यसैले देश विकास नहुनुका पछाडि केके कारण छन् विकासगर्नाका लागि केके गर्नुपर्छ ? बँुदागतरुपमा यहाँ प्रस्तुतगरिएको

. बिदेशिएका उर्जाशिल युवाबर्गलाई स्वदेशमा नै रोजगारीकाअवसरहरू सिर्जना गरेर देशको विकाश गर्न सकिन्छ यसअन्तर्गत नयाँनयाँ आयोजनासँगै ठूल्ठूला उधोगधन्दा कलकारखानाको स्थापना गर्ने

. देशका ७७ वटै जिल्लाको भूपरिवेशलाई गहिरिएर अध्ययनगर्ने

. पुराना  उधोगधन्दा कलकारखानालाई तत्काल सञ्चालनमाल्याउने

. विकासका लागि सम्भावित क्षेत्रहरूमा सम्वन्धित विषयकाप्राबिधिज्ञहरू परिचालन गर्ने

. घरेलु कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने

. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानीकालागि प्रोत्साहन गराउने

. देशमा भएका खनिज पदार्थ, जडिबुटी, जलविद्युतलगायतअन्य विकासका सम्भाव्यताहरूको खोजी गर्ने

. कृषि क्षेत्रलाई पूर्णरुपमा आधुनिकीकरण गरी प्रबिधिमूलकतालिम दिएर दक्ष कृषक बढाउने

. प्रत्येक आर्थिक बर्षमा कुनै पनि नयाँ योजना विकासकालागि छुट्याइएको बजेट सञ्चित नगरी पूर्णरुपमा उपयोग गर्ने

१०. पर्यटन क्षेत्रको विकासका लागि पर्यटकहरूलाई सहुलियतहवाई टिकटको ब्यवस्थासँगै अन्तर्राष्ट्रियस्तरको सुलभ सहुलियत व्यवस्थापन गर्ने

११. पौराणिक, ऐतिहासिक रमणिय क्षेत्रहरूकोविकासकासाथै पुराना, साँस्कृतिक मठमन्दिरहरूको मर्मतसंहारएवं निर्माण गर्ने

विचार

हामीले हाम्रो देशको भौगोलिक विशिष्टता अनुसार नेपालवादकोनीति प्रतिपादन गरेका छौं बहुदलिय व्यवस्थाकोस्थापनापश्चात् भिख मागिएको बादले देशलाई लथालिंग भताभुंग बनाएको परिणाम उर्जाशिल युवाशक्ति बिदेशमालोपहुँदै गरेको अहिलेको अवस्थामा तिनै युवाहरूको सोच विचारबाट सिर्जित नेपालवादको नयाँ विचार तथा अभियानलाईनेपाल अनि नेपाली जनतामाझ पुर्याउने जमर्को हामीले गरेका छौं हतियार उठाउने उग्र सोच, विचारले मानब हत्याहिंसाकोश्रृंखला बढ्ने स्थायी शान्तिलाई तहसनहस बनाउने यहीकारण देशमा बिखण्डनकारी शक्तिहरुको घुसपैठ हुने तथासिंगो राष्ट्र नै तहसनहस बन्ने खतरा या अवस्थाको सिर्जना हुनसक्छ तसर्थ राष्ट्रको आमुल परिवर्तनका लागि बैचारिकयुद्धमात्र प्रयोग गर्न जरुरी तपार्इंहाम्रो राम्रो सोच विचारले समाजलाई जहिले पनि शान्त भयरहित राख्नसकिन्छ

हो, नेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्त कुनैपनि बिदेशीबादसँग जोडिएको छैन आफूलाई गणतन्त्रवादीभनाउदा निरंकुश शासकहरूबाट बिदेशी भूमिमा श्रम गर्नलखेटिएका लाखौं युवाबर्गबाट जन्मिएको विचारशील शक्ति नैनेपालवाद, त्यसका अवधारणा प्रतिपादित सिद्धान्त अनुरुपकोशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति हो यसअर्थमा यही शक्तिले मात्र नेपालमा युगान्तकारी परिवर्तन ल्याउने नेपाली जनतामाझ असल राम्रो सोच पु¥याउँदैनेपालवादको वैचारिक सोचलाई अगाडि बढाउन निम्न कामहरूगर्नुपर्ने अनिवार्यता रहन्छ

. हत्या, हिंसा, अपराधमुक्त समाज निर्माण गर्न जनतालाईकानुनी प्रशिक्षण दिने कानुनका उपयोगी, ज्ञानवद्र्धकपुस्तकहरू वितरण गर्ने

. शान्ति, निकास, विकास विचार नीतिलाई देशब्यापी प्रचारप्रसार गर्ने÷गराउने

. नेपालको भौगोलिक बिशिष्ठता अनुसार चलिआएको आफ्नो परम्परा, धर्म संस्कृति, रहनसहन भाषाबारे प्रशिक्षितगराउने

. कर्मचारीभित्र भएका राजनैतिक दलको सोच संगठनलाईबन्द गरी जनमुखी कर्मचारीतन्त्रको विकास गर्ने

. अशिक्षित, निरक्षर जनताको लागि देशब्यापी अनिवार्यसामाजिक शैक्षिक प्रणाली लागू गरी साक्षर जनशक्ति निर्माणगर्ने

. अशक्त, अपांग, दृष्टिबिहीन आदिलाई उपयोगीमुलक शिक्षाप्रणाली लागू गर्ने

. गरिबीका कारण विद्यालय नदेखेका जनताका छोराछोरीलाई शिक्षा दिलाउन घरदैलो कार्यक्रम गर्ने अनिवार्यरुपमाविद्यालय जाने वातावरण बनाउने

. बन्द, हड्ताल, तोडफोडजस्ता बिध्वंंसात्मक कार्य होइन, विचारको लडाईं लडांै, आफूलाई बौद्धिक तथा विवेकशिलबनाऔं  भन्ने चेतनामूलक प्रशिक्षण दिने

. असल सोच बिचारले मात्र सभ्य शान्त समाजको निर्माणगर्न सकिन्छ भन्ने मान्यतालाईं उजागर तथा व्यापक प्रचारप्रसारगर्ने

धन्यावाद

घनश्याम चम्लागाँई

नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal