शान्ति, निकास ,बिकाश र विचार ।।
नेपालवाद, यसका अवधारणा र प्रतिपादित सिद्धान्त ।
शान्ति , निकास , विकास र विचारको हाम्रो मूल नीति ।।
शान्ति
जबसम्म देशमा शान्ति स्थापना हुँदैन तबसम्म कुनै पनि विकासका कार्यक्रम र ठूलो परिवर्तन हुन सक्दैन भन्ने हाम्रो मान्यता हो । देशमा प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र वा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि न शान्ति छायो न त जनताले शान्ति र सुरक्षाको महसुस नै गर्न पाएका छन । नेपाली जनता सदा नै भयवित र त्रसित अवस्थामा बाच्नुपर्ने वाध्यता पुराना राजनैतिक दलहरूले सिर्जना गराएका छन् । मुलुकमा अशान्ति रहँदा तिनै राजनैतिक दलका भ्रातृ एवं जनवर्गिय संगठनहरू कल – कारखाना र उधोगधन्दाभित्र हाबी हुँदा सम्पूर्ण कल – कारखाना र उधोगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको छ । पञ्चायतकालमा स्थापना भएका कलकारखाना , उधोगधन्दाहरू धराशायी भएर सबैको अस्तित्व मेटिदैगएको छ । यसले गर्दा रोजगारीको अवसर झनै हराएको छ । र त लाखौं शिक्षित युवाबर्ग रोजगारीको लागि विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । यो समस्यासँग शान्ति स्थापनाको मुद्दा प्रत्यक्ष र अप्रत्यक्ष ढंगबाट पनि जोडिएको छ । अर्थात् शिक्षित पुराना तथा नयाँ पुस्ता बाहिरिनुको मुख्य कारण भनेकै विद्यमान अशान्त राज्यबाट रोगजारका अवसरहरू नपाउनु हो ।
नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्तको पहिलो कदम शान्ति स्थापनाका लागि देशमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीबाहेक राज्यको तर्फबाट १ लाखदेखि २ लाखको हाराहारीमा पहिलो २ बर्षभित्र नै अनिवार्यरुपमा शान्ति स्थापक शान्ति प्रहरी बलको गठन हुनेछ । यसरी देशमा शान्ति र स्थायित्व कायम गरी राज्यले नेपाली जनता , स्वदेशी लगानी तथा बिदेशी लगानीकर्ताको जीउधन र सम्पतिको शतप्रतिशत सुरक्षा गर्नेछ । त्यसपछि हामीले हरेक किसिमका उद्योगधन्दा कलकारखाना र विकासका कार्ययोजनाहरू धेरैभन्दा धेरै स्थापना गर्न सक्छौं र देशमा रहेका शिक्षित युवा र अन्य जनशक्तिलाई रोजगारका अवसरहरू चाँडोभन्दा चाँडो दिलाउन सक्नेछौं ।
देशमा कसरी शान्ति कायम गर्ने ?
१ . जनताको जीउधनको सुरक्षाको लागि नेपाल प्रहरी , शसस्त्र प्रहरी र शान्ति स्थापक प्रहरी क्षेत्रफल तथा जनसंख्याका आधारमा परिचालन गर्नुपर्ने ।
२ . बलात्कारी , महिला हिंसा र चेलिबेटी बेचबिखन कानुनमा परिवर्तन गर्नुपर्ने र मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देज हटाउन पहल गर्ने ।
३ . चोरी , डकैति र लुटपाट गर्नेलाई कुनै पनि छूट नहुनेगरी आजीवन काराबासको सजायँ गर्नुपर्ने ।
४ . हत्यारालाई मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनी बन्देज हटाउन पहल गर्ने ।
५ . लगानीकर्ताको ज्यान र सम्पत्तिको सुरक्षा एवं क्षतिको जिम्मा राज्यले लिनुपर्ने ।
६ . ब्यापार , ब्यवसाय , उधोगधन्दा , कलकारखाना र सार्वजनिक यातयात सेवा बन्द गर्नेलाई कडा कारवाही गर्नुपर्ने ।
७ . गुण्डागर्दी गर्ने , सार्वजनिक आतंक मच्चाउनेलाई कडा सजायँको लागि कानुन परिवर्तन गर्नुपर्ने ।
८ . सार्वजनिक , सरकारी , संस्थागत तथा ब्यक्तिगत सम्पत्तिको क्षति गर्नेलाई कडाभन्दा कडा सजायँ गर्ने ।
९ . सरकारी कार्यालय , संस्थान , उधोगधन्दा र कलकारखानामा कुनै पनि दलका भ्रातृ , भगिनी तथा जनबर्गिय संगठनहरू खोल्न नपाउने गरी बन्देज लगाउने ।
१० . बन्द , हड्ताल गर्ने र गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने ।
११ . शान्ति स्थापना गर्न प्रत्येक नगर र गाउँपालिकाका वडाहरूमा जानकारी , चेतनामुलक र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।
१२ . शान्ति , निकास , विकास र विचारको हाम्रो नीतिलाई देशका विभिन्न क्षेत्रमा व्यापकरुपमा प्रचार , प्रसार गर्ने ।
निकास
हामीले निकासको बाटो खोज्दैजाँदा हाम्रो अभियानमार्फत् केही महत्वपूर्ण काम गरेर देखाउनुपर्ने हुन्छ । विश्व राजनीति र विश्वका अन्य राष्ट्रहरूको विकासलाई हेर्ने हो भने अझै हाम्रो देश ५ सय वर्ष पछाडि रहेको महसुश हुन्छ । जबसम्म देशले निकास पाउँदैन तबसम्म विकासका पूर्वाधारहरू तयार हुन सक्दैनन् । अहिलेसम्मको राजनैतिक अवस्थालाई नियाल्दा जहानियाँ हुकुमी , राणा शासन , निरंकुश सामन्ती शासन , दक्षिणपन्थी बुर्जुवा शासन र एकल जड्सूत्रवादी शासकहरूको हाबीसँगै , सामान्तवाद र विस्तारवादका दलालहरू सत्ताको वरिपरी लुट्पुटिरहेको अवस्था छ । यस अर्थमा सामाजिक रुपान्तरणसँगै गुणात्मक परिवर्तन गर्न हाम्रो निरन्तरताको आवश्यकता छ । देशलाई औधोगिकरण गर्न देशमा शान्ति स्थायित्व हुनु पर्दछ । सामाजिक र भौतिक विकासका लागि शासकहरूलाई कुनै चासो छैन । हाम्रो भौगोलिक बिशिष्टतालाई कुनै पनि राजनैतिक शक्तिहरूले गहिरिएर अध्यान गर्न सकेका छैनन् । बर्गिय क्रान्तिका नारा उराल्नेहरू कोही निरंकुश शासकका रुपमा विराजमान भए भने केही अझै क्रान्तिको बिगुल फुक्दैछन । तसर्थ हामीले राष्ट्रको निकासका लागि के – के गर्न आवश्यक छ त भन्ने यहाँ उल्लेख गरेका छौं ।
१ . राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने र दलहरूको सत्तामोहसँगै सरकार फेरबदलको नाटकीय खेलहरूको अन्त्य गरिनुपर्ने ।
२ . भ्रष्टाचार , कमिशनतन्त्र र घुसखोरीको अन्त्य हुनुपर्ने ।
३ . प्रत्येक नेपाली जनतालाई राष्ट्रिय भावना उत्प्रेरित गराउन विचारशिल प्रशिक्षणको वातवरण मिलाउनुपर्ने ।
४ . सरकारीतन्त्र र कर्मचारीतन्त्रमा आफूवाद , परिवारवाद , आफन्तवादको अन्त्य गरी प्रतिष्पर्धामुलक नागरिक राज्य व्यवस्था कायम गर्नुपर्ने ।
५ . गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको लूटतन्त्रलाई बन्द गराउनुपर्ने ।
६ . स्थानीय निकायलाई सक्रिय र जनमुखी बनाउनुपर्ने ।
७ . अस्पष्ट परराष्ट्र नीतिको अन्त्य हुनुपर्ने ।
विकास
अहिलेको २१औं शताब्दिमा संसारमा हाम्रो राष्ट्रको समृद्धि र विकासबिना परिचित गराउन गाह्रो पर्छ । राष्ट्रको विकास र समृद्धिबिना रोजगारका अवसरहरू पाउन सकिँदैन । बहुसंख्यक युवा – युवती बिदेशी राष्ट्रको गुलाम र दास बनिरहनुपर्ने हुन्छ । हुन त हामी दास प्रथाको अन्त्य भयो भन्छौं । तर , खोई ? आज पनि तपाईं – हामी अर्काको देशमा दास बन्न वाध्य छौं । नेपालको कानुनले दास प्रथा अन्त्यको घोषणा गरे पनि नेपालका शासकहरूले अझै हामीलाई बिदेशीको दास बनाइरहेकै छन् । तपार्इं – हामीले स्वदेशमा रोजगारका अवसर नपाउँदा हाम्रो उमेर र जवानी बिदेशीको घरधन्दा , सरसफाई , खाना पकाउने , बच्चादेखि बुढाबुढीहरूसम्मको स्याहारसुसार , हेरचाह गर्दै र बिदेशमा डरलाग्दा तथा जोखिमपूर्ण काममा नै बितेको छ । अर्कातर्फ श्रीमान , श्रीमति बर्षौबर्ष छुट्टिएर बस्नुपर्ने बाध्यताहरू छन् भने तपाईं – हाम्रा छोराछोरी हामी जिउँदै हुँदा पनि टुहुराझैं भएका छन । यी यावद अवस्थाको सिर्जना हुनु , जनता गरिब बन्नु र रोजगारका अवसरहरू नपाउनुमा देशको राजनैतिक अस्थिरता कारक छ । जबसम्म देशमा नयाँ – नयाँ आयोजनाका साथै ठूल्ठूला उधोगधन्दा , कलकारखनाको स्थापना हुँदैन तबसम्म देशमा विकासको सम्भावना रहन्न । यसमा कुनै शंका छैन । त्यसैले देश विकास नहुनुका पछाडि के – के कारण छन् र विकास गर्नाका लागि के – के गर्नुपर्छ त ? बँुदागतरुपमा यहाँ प्रस्तुत गरिएको छ ।
१ . बिदेशिएका उर्जाशिल युवाबर्गलाई स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना गरेर देशको विकाश गर्न सकिन्छ । यसअन्तर्गत नयाँ – नयाँ आयोजनासँगै ठूल्ठूला उधोगधन्दा र कलकारखानाको स्थापना गर्ने ।
२ . देशका ७७ वटै जिल्लाको भू – परिवेशलाई गहिरिएर अध्ययन गर्ने ।
३ . पुराना उधोगधन्दा र कलकारखानालाई तत्काल सञ्चालनमा ल्याउने ।
४ . विकासका लागि सम्भावित क्षेत्रहरूमा सम्वन्धित विषयका प्राबिधिज्ञहरू परिचालन गर्ने ।
५ . घरेलु कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने ।
६ . राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानीका लागि प्रोत्साहन गराउने ।
७ . देशमा भएका खनिज पदार्थ , जडिबुटी , जलविद्युतलगायत अन्य विकासका सम्भाव्यताहरूको खोजी गर्ने ।
८ . कृषि क्षेत्रलाई पूर्णरुपमा आधुनिकीकरण गरी प्रबिधिमूलक तालिम दिएर दक्ष कृषक बढाउने ।
९ . प्रत्येक आर्थिक बर्षमा कुनै पनि नयाँ योजना र विकासका लागि छुट्याइएको बजेट सञ्चित नगरी पूर्णरुपमा उपयोग गर्ने ।
१० . पर्यटन क्षेत्रको विकासका लागि पर्यटकहरूलाई सहुलियत हवाई टिकटको ब्यवस्थासँगै अन्तर्राष्ट्रियस्तरको सुलभ र सहुलियत व्यवस्थापन गर्ने ।
११ . पौराणिक , ऐतिहासिक र रमणिय क्षेत्रहरूको विकासकासाथै पुराना , साँस्कृतिक मठ – मन्दिरहरूको मर्मतसंहार एवं निर्माण गर्ने ।
विचार
हामीले हाम्रो देशको भौगोलिक विशिष्टता अनुसार नेपालवादको नीति प्रतिपादन गरेका छौं । बहुदलिय व्यवस्थाको स्थापनापश्चात् भिख मागिएको बादले देशलाई लथालिंग र भताभुंग बनाएको छ । परिणाम त उर्जाशिल युवाशक्ति बिदेशमा लोपहुँदै गरेको अहिलेको अवस्थामा तिनै युवाहरूको सोच र विचारबाट सिर्जित नेपालवादको नयाँ विचार तथा अभियानलाई नेपाल अनि नेपाली जनतामाझ पुर्याउने जमर्को हामीले गरेका छौं । हतियार उठाउने उग्र सोच , विचारले मानब हत्या – हिंसाको श्रृंखला बढ्ने र स्थायी शान्तिलाई तहसनहस बनाउने छ । यही कारण देशमा बिखण्डनकारी शक्तिहरुको घुसपैठ हुने तथा सिंगो राष्ट्र नै तहसनहस बन्ने खतरा या अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ राष्ट्रको आमुल परिवर्तनका लागि बैचारिक युद्धमात्र प्रयोग गर्न जरुरी छ । तपार्इं – हाम्रो राम्रो सोच र विचारले समाजलाई जहिले पनि शान्त र भयरहित राख्न सकिन्छ ।
हो , नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्त कुनै पनि बिदेशीबादसँग जोडिएको छैन । आफूलाई गणतन्त्रवादी भनाउदा निरंकुश शासकहरूबाट बिदेशी भूमिमा श्रम गर्न लखेटिएका लाखौं युवाबर्गबाट जन्मिएको विचारशील शक्ति नै नेपालवाद , त्यसका अवधारणा र प्रतिपादित सिद्धान्त अनुरुपको ‘ शान्ति , निकास , विकास र विचारको हाम्रो मूल नीति ’ हो । यस अर्थमा यही शक्तिले मात्र नेपालमा युगान्तकारी परिवर्तन ल्याउने छ । नेपाली जनतामाझ असल र राम्रो सोच पु ¥ याउँदै नेपालवादको वैचारिक सोचलाई अगाडि बढाउन निम्न कामहरू गर्नुपर्ने अनिवार्यता रहन्छ ।
१ . हत्या , हिंसा , अपराधमुक्त समाज निर्माण गर्न जनतालाई कानुनी प्रशिक्षण दिने र कानुनका उपयोगी , ज्ञानवद्र्धक पुस्तकहरू वितरण गर्ने ।
२ . शान्ति , निकास , विकास र विचार नीतिलाई देशब्यापी प्रचार – प्रसार गर्ने ÷ गराउने ।
३ . नेपालको भौगोलिक बिशिष्ठता अनुसार चलिआएको आ – आफ्नो परम्परा , धर्म संस्कृति , रहनसहन र भाषाबारे प्रशिक्षित गराउने ।
४ . कर्मचारीभित्र भएका राजनैतिक दलको सोच र संगठनलाई बन्द गरी जनमुखी कर्मचारीतन्त्रको विकास गर्ने ।
५ . अशिक्षित , निरक्षर जनताको लागि देशब्यापी अनिवार्य सामाजिक शैक्षिक प्रणाली लागू गरी साक्षर जनशक्ति निर्माण गर्ने ।
६ . अशक्त , अपांग , दृष्टिबिहीन आदिलाई उपयोगीमुलक शिक्षा प्रणाली लागू गर्ने ।
७ . गरिबीका कारण विद्यालय नदेखेका जनताका छोरा – छोरीलाई शिक्षा दिलाउन घरदैलो कार्यक्रम गर्ने र अनिवार्यरुपमा विद्यालय जाने वातावरण बनाउने ।
८ . बन्द , हड्ताल , तोडफोडजस्ता बिध्वंंसात्मक कार्य होइन , विचारको लडाईं लडांै , आफूलाई बौद्धिक तथा विवेकशिल बनाऔं भन्ने चेतनामूलक प्रशिक्षण दिने ।
९ . असल सोच र बिचारले मात्र सभ्य र शान्त समाजको निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाईं उजागर तथा व्यापक प्रचार – प्रसार गर्ने ।
धन्यावाद ।
घनश्याम चम्लागाँई
नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक
VIDEO
Membership Form is open for all
Click here to downoad
समाचार
मिती ११ चैत्र २०२७६ मा लिबरटि इन्टरनेसन्ल चाईना Liberty International