नेपालवाद, यसका अवधारणा र प्रतिपादितसिद्धान्त ।
शान्ति, निकास, विकास र विचारको हाम्रोमूल नीति ।।
शान्ति:-
जबसम्म देशमा शान्ति स्थापना हुँदैनतबसम्म कुनै पनिविकासका कार्यक्रम रठूलो परिवर्तन हुन सक्दैन भन्नेहाम्रोमान्यता हो । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वालोकतान्त्रिकगणतन्त्रको स्थापना भए पनि न शान्ति छायोन तजनताले शान्ति र सुरक्षाको महसुस नैगर्न पाएका छन । नेपालीजनता सदा नैभयवित र त्रसित अवस्थामा बाच्नुपर्नेवाध्यतापुराना राजनैतिक दलहरूले सिर्जनागराएका छन् । मुलुकमाअशान्ति रहँदा तिनैराजनैतिक दलका भ्रातृ एवंजनवर्गियसंगठनहरू कल–कारखाना रउधोगधन्दाभित्र हाबी हुँदा सम्पूर्णकल–कारखाना र उधोगधन्दा बन्द गर्नुपर्नेअवस्था आएको छ ।पञ्चायतकालमास्थापना भएका कलकारखाना, उधोगधन्दाहरूधराशायी भएर सबैकोअस्तित्व मेटिदैगएको छ । यसलेगर्दारोजगारीको अवसर झनै हराएको छ । रत लाखौं शिक्षितयुवाबर्ग रोजगारीको लागिविदेशिनु पर्ने बाध्यात्मक अवस्थाकोसिर्जनाभएको छ । यो समस्यासँग शान्तिस्थापनाको मुद्दाप्रत्यक्ष र अप्रत्यक्ष ढंगबाटपनि जोडिएको छ । अर्थात् शिक्षितपुरानातथा नयाँ पुस्ता बाहिरिनुको मुख्य कारणभनेकै विद्यमानअशान्त राज्यबाट रोगजारकाअवसरहरू नपाउनु हो ।
नेपालवाद, त्यसका अवधारणा र प्रतिपादितसिद्धान्तको पहिलोकदम शान्ति स्थापनाकालागि देशमा रहेका नेपाल प्रहरी रशसस्त्रप्रहरीबाहेक राज्यको तर्फबाट १ लाखदेखि२ लाखकोहाराहारीमा पहिलो २ बर्षभित्र नैअनिवार्यरुपमा शान्ति स्थापकशान्ति प्रहरीबलको गठन हुनेछ । यसरी देशमा शान्तिरस्थायित्व कायम गरी राज्यले नेपालीजनता, स्वदेशी लगानीतथा बिदेशीलगानीकर्ताको जीउधन र सम्पतिकोशतप्रतिशतसुरक्षा गर्नेछ । त्यसपछि हामीलेहरेक किसिमका उद्योगधन्दाकलकारखाना रविकासका कार्ययोजनाहरू धेरैभन्दाधेरैस्थापना गर्न सक्छौं र देशमा रहेकाशिक्षित युवा र अन्यजनशक्तिलाई रोजगारकाअवसरहरू चाँडोभन्दा चाँडोदिलाउनसक्नेछौं ।
देशमा कसरी शान्ति कायम गर्ने ?
१. जनताको जीउधनको सुरक्षाको लागिनेपाल प्रहरी, शसस्त्रप्रहरी र शान्ति स्थापकप्रहरी क्षेत्रफल तथा जनसंख्याकाआधारमापरिचालन गर्नुपर्ने ।
२. बलात्कारी, महिला हिंसा र चेलिबेटीबेचबिखन कानुनमापरिवर्तन गर्नुपर्ने रमृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनीबन्देजहटाउन पहल गर्ने ।
३. चोरी, डकैति र लुटपाट गर्नेलाई कुनैपनि छूट नहुनेगरीआजीवन काराबासकोसजायँ गर्नुपर्ने ।
४. हत्यारालाई मृत्युदण्ड दिन अन्तर्राष्ट्रियकानुनी बन्देज हटाउनपहल गर्ने ।
५. लगानीकर्ताको ज्यान र सम्पत्तिकोसुरक्षा एवं क्षतिको जिम्माराज्यले लिनुपर्ने ।
६. ब्यापार, ब्यवसाय, उधोगधन्दा, कलकारखाना र सार्वजनिकयातयात सेवाबन्द गर्नेलाई कडा कारवाही गर्नुपर्ने ।
७. गुण्डागर्दी गर्ने, सार्वजनिक आतंकमच्चाउनेलाई कडासजायँको लागि कानुनपरिवर्तन गर्नुपर्ने ।
८. सार्वजनिक, सरकारी, संस्थागत तथाब्यक्तिगत सम्पत्तिकोक्षति गर्नेलाई कडाभन्दाकडा सजायँ गर्ने ।
९. सरकारी कार्यालय, संस्थान, उधोगधन्दार कलकारखानामाकुनै पनि दलका भ्रातृ, भगिनी तथा जनबर्गिय संगठनहरूखोल्ननपाउने गरी बन्देज लगाउने ।
१०. बन्द, हड्ताल गर्ने र गराउनेलाईकडाभन्दा कडा कानुनीकारबाही गर्ने ।
११. शान्ति स्थापना गर्न प्रत्येक नगर रगाउँपालिकाकावडाहरूमा जानकारी, चेतनामुलक र प्रशिक्षणकार्यक्रमहरूसञ्चालन गर्ने ।
१२. शान्ति, निकास, विकास र विचारकोहाम्रो नीतिलाई देशकाविभिन्न क्षेत्रमाव्यापकरुपमा प्रचार, प्रसार गर्ने ।
निकास:-
हामीले निकासको बाटो खोज्दैजाँदा हाम्रोअभियानमार्फत् केहीमहत्वपूर्ण काम गरेरदेखाउनुपर्ने हुन्छ । विश्व राजनीति रविश्वकाअन्य राष्ट्रहरूको विकासलाई हेर्ने हो भनेअझै हाम्रो देश५ सय वर्ष पछाडि रहेकोमहसुश हुन्छ । जबसम्म देशलेनिकासपाउँदैन तबसम्म विकासकापूर्वाधारहरू तयार हुन सक्दैनन् ।अहिलेसम्मको राजनैतिक अवस्थालाईनियाल्दा जहानियाँहुकुमी, राणा शासन, निरंकुश सामन्ती शासन, दक्षिणपन्थीबुर्जुवाशासन र एकल जड्सूत्रवादी शासकहरूकोहाबीसँगै, सामान्तवाद र विस्तारवादकादलालहरू सत्ताको वरिपरीलुट्पुटिरहेकोअवस्था छ । यस अर्थमा सामाजिकरुपान्तरणसँगैगुणात्मक परिवर्तन गर्न हाम्रोनिरन्तरताको आवश्यकता छ ।देशलाईऔधोगिकरण गर्न देशमा शान्ति स्थायित्वहुनु पर्दछ ।सामाजिक र भौतिक विकासकालागि शासकहरूलाई कुनैचासो छैन । हाम्रोभौगोलिक बिशिष्टतालाई कुनै पनिराजनैतिकशक्तिहरूले गहिरिएर अध्यान गर्नसकेका छैनन् । बर्गियक्रान्तिका नाराउराल्नेहरू कोही निरंकुश शासककारुपमाविराजमान भए भने केही अझैक्रान्तिको बिगुल फुक्दैछन ।तसर्थ हामीलेराष्ट्रको निकासका लागि के–के गर्नआवश्यक छत भन्ने यहाँ उल्लेख गरेका छौं।
१. राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्नेर दलहरूकोसत्तामोहसँगै सरकारफेरबदलको नाटकीय खेलहरूकोअन्त्यगरिनुपर्ने ।
२. भ्रष्टाचार, कमिशनतन्त्र र घुसखोरीकोअन्त्य हुनुपर्ने ।
३. प्रत्येक नेपाली जनतालाई राष्ट्रियभावना उत्प्रेरित गराउनविचारशिलप्रशिक्षणको वातवरण मिलाउनुपर्ने ।
४. सरकारीतन्त्र र कर्मचारीतन्त्रमाआफूवाद, परिवारवाद, आफन्तवादकोअन्त्य गरी प्रतिष्पर्धामुलक नागरिकराज्यव्यवस्था कायम गर्नुपर्ने ।
५. गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारीसंस्थाहरूकोलूटतन्त्रलाई बन्द गराउनुपर्ने ।
६. स्थानीय निकायलाई सक्रिय र जनमुखीबनाउनुपर्ने ।
७. अस्पष्ट परराष्ट्र नीतिको अन्त्य हुनुपर्ने ।
विकास:-
अहिलेको २१औं शताब्दिमा संसारमा हाम्रोराष्ट्रको समृद्धि रविकासबिना परिचितगराउन गाह्रो पर्छ । राष्ट्रको विकासरसमृद्धिबिना रोजगारका अवसरहरू पाउनसकिँदैन । बहुसंख्यकयुवा–युवती बिदेशीराष्ट्रको गुलाम र दास बनिरहनुपर्ने हुन्छ ।हुन त हामी दास प्रथाको अन्त्य भयो भन्छौं। तर, खोई ? आजपनि तपाईं–हामीअर्काको
देशमा दास बन्न वाध्य छौं ।नेपालकोकानुनले दास प्रथा अन्त्यकोघोषणा गरे पनि नेपालकाशासकहरूले अझैहामीलाई बिदेशीको दास बनाइरहेकै छन् ।तपार्इं–हामीले स्वदेशमा रोजगारकाअवसर नपाउँदा हाम्रो उमेरर जवानीबिदेशीको घरधन्दा, सरसफाई, खानापकाउने, बच्चादेखि बुढाबुढीहरूसम्मकोस्याहारसुसार, हेरचाह गर्दै रबिदेशमाडरलाग्दा तथा जोखिमपूर्ण काममा नैबितेको छ ।अर्कातर्फ श्रीमान, श्रीमतिबर्षौबर्ष छुट्टिएर बस्नुपर्ने बाध्यताहरूछन्भने तपाईं–हाम्रा छोराछोरी हामी जिउँदैहुँदा पनि टुहुराझैंभएका छन । यी यावदअवस्थाको सिर्जना हुनु, जनता गरिब बन्नुररोजगारका अवसरहरू नपाउनुमा देशकोराजनैतिक अस्थिरताकारक छ । जबसम्मदेशमा नयाँ–नयाँ आयोजनाका साथैठूल्ठूलाउधोगधन्दा, कलकारखनाको स्थापना हुँदैनतबसम्मदेशमा विकासको सम्भावना रहन्न ।यसमा कुनै शंका छैन ।त्यसैले देश विकासनहुनुका पछाडि के–के कारण छन् रविकासगर्नाका लागि के–के गर्नुपर्छ त ? बँुदागतरुपमा यहाँ प्रस्तुतगरिएको छ ।
१. बिदेशिएका उर्जाशिल युवाबर्गलाईस्वदेशमा नै रोजगारीकाअवसरहरू सिर्जनागरेर देशको विकाश गर्न सकिन्छ ।यसअन्तर्गत नयाँ–नयाँ आयोजनासँगैठूल्ठूला उधोगधन्दा रकलकारखानाकोस्थापना गर्ने ।
२. देशका ७७ वटै जिल्लाको भू–परिवेशलाई गहिरिएर अध्ययनगर्ने ।
३. पुराना उधोगधन्दा र कलकारखानालाईतत्काल सञ्चालनमाल्याउने ।
४. विकासका लागि सम्भावित क्षेत्रहरूमासम्वन्धित विषयकाप्राबिधिज्ञहरू परिचालनगर्ने ।
५. घरेलु कच्चा पदार्थको उत्पादनलाईप्रोत्साहित गर्ने ।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रियलगानीकर्ताहरूलाई लगानीकालागिप्रोत्साहन गराउने ।
७. देशमा भएका खनिज पदार्थ, जडिबुटी, जलविद्युतलगायतअन्य विकासकासम्भाव्यताहरूको खोजी गर्ने ।
८. कृषि क्षेत्रलाई पूर्णरुपमा आधुनिकीकरणगरी प्रबिधिमूलकतालिम दिएर दक्ष कृषकबढाउने ।
९. प्रत्येक आर्थिक बर्षमा कुनै पनि नयाँयोजना र विकासकालागि छुट्याइएको बजेटसञ्चित नगरी पूर्णरुपमा उपयोग गर्ने ।
१०. पर्यटन क्षेत्रको विकासका लागिपर्यटकहरूलाई सहुलियतहवाई टिकटकोब्यवस्थासँगै अन्तर्राष्ट्रियस्तरको सुलभरसहुलियत व्यवस्थापन गर्ने ।
११. पौराणिक, ऐतिहासिक र रमणियक्षेत्रहरूकोविकासकासाथै पुराना, साँस्कृतिक मठ–मन्दिरहरूकोमर्मतसंहारएवं निर्माण गर्ने ।
विचार:-
हामीले हाम्रो देशको भौगोलिक विशिष्टताअनुसार नेपालवादकोनीति प्रतिपादन गरेकाछौं । बहुदलिय व्यवस्थाकोस्थापनापश्चात्भिख मागिएको बादले देशलाई लथालिंगरभताभुंग बनाएको छ । परिणाम तउर्जाशिल युवाशक्ति बिदेशमालोपहुँदै गरेकोअहिलेको अवस्थामा तिनै युवाहरूको सोचरविचारबाट सिर्जित नेपालवादको नयाँविचार तथा अभियानलाईनेपाल अनिनेपाली जनतामाझ पुर्याउने जमर्को हामीलेगरेका छौं। हतियार उठाउने उग्र सोच, विचारले मानब हत्या–हिंसाकोश्रृंखला बढ्नेर स्थायी शान्तिलाई तहसनहस बनाउने छ ।यहीकारण देशमा बिखण्डनकारी शक्तिहरुकोघुसपैठ हुने तथासिंगो राष्ट्र नै तहसनहसबन्ने खतरा या अवस्थाको सिर्जना हुनसक्छ। तसर्थ राष्ट्रको आमुल परिवर्तनका लागिबैचारिकयुद्धमात्र प्रयोग गर्न जरुरी छ ।तपार्इं–हाम्रो राम्रो सोच रविचारलेसमाजलाई जहिले पनि शान्त र भयरहितराख्नसकिन्छ ।
हो, नेपालवाद, त्यसका अवधारणा रप्रतिपादित सिद्धान्त कुनैपनि बिदेशीबादसँगजोडिएको छैन । आफूलाईगणतन्त्रवादीभनाउदा निरंकुशशासकहरूबाट बिदेशी भूमिमा श्रमगर्नलखेटिएका लाखौं युवाबर्गबाट जन्मिएकोविचारशील शक्ति नैनेपालवाद, त्यसकाअवधारणा र प्रतिपादित सिद्धान्तअनुरुपको‘शान्ति, निकास, विकास रविचारको हाम्रो मूल नीति’ हो । यसअर्थमायही शक्तिले मात्र नेपालमा युगान्तकारीपरिवर्तन ल्याउनेछ । नेपाली जनतामाझअसल र राम्रो सोच पु¥याउँदैनेपालवादकोवैचारिक सोचलाई अगाडि बढाउन निम्नकामहरूगर्नुपर्ने अनिवार्यता रहन्छ ।
१. हत्या, हिंसा, अपराधमुक्त समाज निर्माणगर्न जनतालाईकानुनी प्रशिक्षण दिने रकानुनका उपयोगी, ज्ञानवद्र्धकपुस्तकहरूवितरण गर्ने ।
२. शान्ति, निकास, विकास र विचारनीतिलाई देशब्यापी प्रचार–प्रसारगर्ने÷गराउने ।
३. नेपालको भौगोलिक बिशिष्ठता अनुसारचलिआएको आ–आफ्नो परम्परा, धर्मसंस्कृति, रहनसहन र भाषाबारेप्रशिक्षितगराउने ।
४. कर्मचारीभित्र भएका राजनैतिक दलकोसोच र संगठनलाईबन्द गरी जनमुखीकर्मचारीतन्त्रको विकास गर्ने ।
५. अशिक्षित, निरक्षर जनताको लागिदेशब्यापी अनिवार्यसामाजिक शैक्षिकप्रणाली लागू गरी साक्षर जनशक्ति निर्माणगर्ने।
६. अशक्त, अपांग, दृष्टिबिहीन आदिलाईउपयोगीमुलक शिक्षाप्रणाली लागू गर्ने ।
७. गरिबीका कारण विद्यालय नदेखेकाजनताका छोरा–छोरीलाई शिक्षा दिलाउनघरदैलो कार्यक्रम गर्ने रअनिवार्यरुपमाविद्यालय जाने वातावरणबनाउने ।
८. बन्द, हड्ताल, तोडफोडजस्ताबिध्वंंसात्मक कार्य होइन, विचारकोलडाईं लडांै, आफूलाई बौद्धिक तथाविवेकशिलबनाऔं भन्ने चेतनामूलकप्रशिक्षण दिने ।
९. असल सोच र बिचारले मात्र सभ्य रशान्त समाजको निर्माणगर्न सकिन्छ भन्नेमान्यतालाईं उजागर तथा व्यापक प्रचार–प्रसारगर्ने ।
धन्यावाद ।
घनश्याम चम्लागाँई
नेपालवाद सिद्धान्तका प्रतिपादक तथासंयोजक




घनश्याम 