
खोक्रा आदर्श , खोक्रा नारा र चर्का भाषणले देश परिबर्तन हुन् सक्दैन , देश दलियकरण भएको छ । गणतन्त्र भित्र निरंगकुशतन्त्र हाबी भएको छ , राजनैतिक भागबन्डा मौलाएको छ । मेरो देश कुन दर्शन र शिद्दान्तको प्रयोग बाट दलियकरण भएको हो ? हाम्रो देश र हामीलाई चाहिएको शिद्दान्त र दर्शन जो अब हामी आफैले प्रतिपादन गर्छौ र प्रोयोगमा पनि ल्याउछौ । सम्पूर्ण राज्ययन्त्र भित्रका मेकानिजम लाई हामीले निर्माण र प्रतिपादन गरेको शिद्दान्तले मात्र सफाई गर्न सक्छ । अब नेपाली जनता सापटी लिएको दर्सन र आदर्स लाई सुईकार गर्न सक्दैनन् ।
सदस्य साथीहरु ……
कुनै पनि माहान लक्ष्य छोटो समयमा पुरा हुदैन । अभियानमा जो लागेको छन उनीहरुमा निरन्तरता र तपस्याको जरुरत् छ । युवा मस्तिषले कुनै पनि रिजल्ट तुरुन्तै चाहान्छन तर परिबर्तित अभियानमा यो फीट हुन् सक्दैन , जस्को परिणाम र उदहारण हाम्रो देशको १० बर्षे मावोबादी जन युद्ध नै काफी छ हैन र ? अभियान भित्र हरेक स्वार्थी मानिसहरुको घुस पैठ त् पक्कै नै हुन्छ त्यो पनि एथार्थ र बस्ताबिक्तानै हो । अब मुख्य कुरा हामी सामाजिक संजाल बाट समेटीयका सदस्यहरु होउ ,, कति सदस्यहरु त यहाँ समय काट्न नै आएका छन , वास्तविक चिन्तन ,विचार र सोच धेरै सदस्यहरुमा कमि मैले देखेको छु , तसर्थ कोहि छोडेर जादैमा हामी हतास हुन जरुरत छैन । हामी काहाँ जाने भन्दा आउनेको क्रम अझ बढी छ । हामीलाई जस्ले बैज्ञानिक सिदान्तका र अन्य सिदान्तका कुरा उठाउछन यहाँ हामी सबैले बुझ्न नितान्त जरुर छ । हाम्रो देशमा बि .पी. को समाजबाद बोकेर हिड्ने ले पनि शासन गरे , मार्क्स ,लेलिन र माओ का विचार र सिदान्त लिएर हिडनेले पनि शासन गरे ,, शासन पनि गरिरहेका छन के देशमा त्यस्तो कुनै ठुलो परिबर्तन आयो त् ?? के हामीले हाम्रो देशको भौगोलिक बिसिष्टता अनुसारको शिदान्त प्रतिपादन गर्न सक्दैनौ त् ?? हामीले स्पस्ट भनि सकेका छै देशको भौगोलिक बनावट परिबेस लाई गहिरिएर अध्यान र मुल्यांङ्कन गर्दै सम्पूर्ण क्षेत्रमा बसोबास गर्ने नेपली जनता माझ चलि आएका रिति रिवाज ,भेष ,भूसा लाई समरक्षण र समर्दन गर्दै नेपाली जनता माझ नयाँ विचारसिल शिद्दान्त प्रतिपादन गरेर संसारमा नेपाल लाई चिनाऊ । के तपाई हामी ले हाम्रो देशको लागि नयाँ शिद्दान्त प्रतिपादन गर्न सक्दैनौ ?? के नेपाली नयाँ शिद्दान्तको प्रतिपादक हुन् सक्दैन ?? के हामीले कोसिस नगर्ने ?? आट र हिमत नगर्ने ?
केन्द्रिय सयोजक
घनश्याम चम्लागाँई
नयाँ शक्ति नेपाल (घनश्याम नेतृत्व)
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal