घनश्याम नेत्रृत्वको नयाँ शक्ति नेपाल
शान्ति निकास बिकाश र विचार हाम्रो मूल नारा.
देश लाई शान्ति निकास र बिकाश दिन नयाँ शक्ति जन्माऊदै छौ किन ?
घनश्याम नेत्रृत्वको नयाँ शक्ति भनेको के हो ?
———————————————
घनश्याम नेत्रृत्वको नया शक्तिको जन्म विगतका राजनितिक शक्तिहरुको जन्म प्रकृया भन्दा बिलकुल फरक छ।यो शक्ति अभियानका सबै अभियन्ताहरु कुनै पनि राजनितिक पृष्ठभुमिबाट आएका होइनौ।हामी विदेश देखि स्वदेशका विभिन्न ठाउँमा अ-आफ्नै पेशा गरेर बसेका राष्ट्रप्रेमी नेपाली जनता हौ।राजनैतिक पार्टीहरुको सत्ता मोहको एकाधिकारबाद ले देशमा जन्माएको बिकराल बेरोजगारी समस्या, गरिबी र पिडा लाई आत्मा साथ गर्दै स्वदेश तथा बिदेशमा बस्ने बौदिॄक ब्यक्तित्व युवा तथा महिला साथै स्वदेश र बिदेशमा जोखिम पूर्ण श्रम गरि जीवन यापन गर्न बाध्य युवा र दिदि बहिनि ,अनि मजदुर ,किसान लगाएत विभिन्न क्षेत्र मा श्रम गरेर कम मूल्य लिन बाध्य सम्पूर्ण हामी नेपालीहरुको बिशुद्द विचार बाट जन्मेको संगठन नै नयाँ हो शक्ति ,जो अहिले सम्म रहेका राजनैतिक पार्टीहरुको गलत बाटो र रबैया लाई चिरफार गर्दै ,देशको भौगोलिक बनावट परिबेस लाई गहिरिएर अध्यान र मुल्यांङ्कन गर्दै सम्पूर्ण क्षेत्र मा बसोबास गर्ने नेपली जनता माझ चलि आएका आ -आफ्नो रिति रिवाज ,भेष ,भूसा लाई समरक्षण र समर्दन गर्दै नेपाली जनता माझ स -भाईचारा सहितको विचारसिल नेपाल बादको शिद्दान्त प्रतिपादन गरेर संसारमा नेपाल लाई नयाँ युगमा परिबर्तन गरि परिचित गराऊने सक्ने संगठन नै घनश्याम नेत्रृत्वको नयाँ सक्ति नेपाल हो .
जुन शक्तिले अब राष्ट्र र राष्ट्रियता लाई खलल पार्ने जुनसुकै बिखन्डनकारी शक्तिहरु लाई परास्त गर्दै राष्ट्रिय अखणडता ,राष्ट्रको भौगोलिक सिमाङ्कनहरु लाई अझ मजबुतरुपमा रेखाङ्कन गरेर राष्ट्र लाई हुन सक्ने वाय हस्तक्षेप र खतरा लाई गहिरीएर मुल्यांङ्कन गर्दै सर्बभोम सम्पन्न रास्ट्रको रक्षायार्थको लागि सधैब बिश्व सामु नेपालले तठस्थको भूमिका निभाउने छ यसर्थ हाम्रो देशको आन्तरिक मामलामा कुनै पनि बैदेसिक शक्तिले हस्तक्षेप् गर्न नसकोस भन्ने द्ढताका साथ हाम्रो घनश्याम नेत्रृत्वको नयाँ शक्ति पर्खाल भएर उभिने छ .
हाम्रो देश बिश्वमा दोश्रो गरिब राष्ट्र हुनुमा , देशको अबस्था विकराल र देशको युवा शक्ति दिनमा १९०० को हाराहारीमा बिदेशमा गएर बिदेशीको गुलाम र दास बन्न बाध्य बनाउने नेपालका शासकहरु राणा, राजा ,र अहिले सम्म शासन गर्ने राजनैतिक पार्टी हरु , माओ बादी जन उद्द्ध र बिदेशी चल खेल नै हुन् यसर्थ ईनै शक्ति हरुलाई परास्त गरेर राष्ट्र लाई शान्ति दिन बिदेशिएका ६० लाख भन्दा बढी राष्ट्रबादी युवाहरुको विचार बाट संचालित शक्ति नै घनश्याम नेत्रृत्वको नयाँ शक्ति हो ?
धेरै साथिहरुले नया शक्तिको बिषयमा बिस्तृत जानकारी लिन इच्छुक भैरहेको हामिले महसुस गरेकाछौ। तसर्थ, यो नया शक्तिमा जोडिनुभएको संपुर्ण युवाशक्तिहरु लगायत तमाम रास्ट्रवादी शक्ति एवं आम जनसमुदायहरुमा यो ” नया शक्ति ” को अभियान सम्बन्धमा स्प्ष्ट जानकारी राख्न उपयुक्त ठानेकाछौ। यो नया शक्ति कुनै पार्टी, वाद वा नेतासंग जोडिएर चलाइएको अभियान होइन। नितान्त देस बिदेसमा छरिएर बसेका रास्ट्रवादी युवाशक्ती एवं देस र जनताको पक्षमा उभिन चाहने आम देसप्रेमी जनताहरुलाई एउटै मन्चमा संगठित गरेर देसमा शान्ती,निकास र बिकास चलाइएको अभियान हो।
तसर्थ, मुलुकमा इमानदारी,रास्ट्रप्रेमी जननेता जन्माउने कोसिसमा यो घनश्याम नेत्रृत्वको नया शक्ती लागिपरिरहेकोछ।त्यो जननेता हिमालको खोंच, पहाडको कन्दरा, तराईको फाँट या शहर जहाँबाट पनि जन्मिनसक्छ त्यो जननेता र असल नेतृत्व तपाई हामी बीच बाटै जानमा उने हो ।तसर्थ,त्यो जननेता, नेतृत्व हामी तमाम राष्ट्रप्रेमी जनता मध्य जो पनि हुनसक्छ। त्यसैले आउनुस,घनश्याम नेत्रृत्वको नया शक्तिको मन्चमा जहाँ हामी जनताले मेरो नेता, मेरो सिद्धान्त,मेरो नेपालको नेता गर्वले भन्न सक्ने सिद्धान्त सहितको नेतृत्व खोजी गरि जन्माउनेछ।
घनश्याम नेत्रृत्वको नया शक्तिको प्रमुख नीति , निर्माण र कार्य योजना .
———————————————————————-
बेरोजगारी समस्या हल गर्न नया योजनाहरु ल्याउने ७५ रै जिल्लाको भौगोलिक बिशिस्टता लाई अध्यान गरेर योजनाहरु तयार पर्ने प्राकृतिक प्रकोप पिडित, भुकम्प, वाढी, पहिरो, आगजनी लगायत मानविय क्षति र जोखिमलाई न्यूनीकरण गर्ने योजनाहरु ल्याउने , पिडितहरुलाई आर्थिक सहयोग साथै भौतिक सामग्रीहरु अवस्था हेरी तुरुन्त उपलब्ध गराउन बिशेष कदम चल्ने । स्थानिय श्रोत साधनको प्रयोग गरी प्रकोप पिडित क्षेत्रमा पुर्नस्थापना पुर्ननिर्माण लगायतका भौतिक संरचना तयार गर्ने, मानीय ,सांस्कृतिक र अन्य क्षतिको अध्ययन गरी स्थानिय पिडित पहिचान गरी आर्थिक, भौतिक शैक्षिक स्वास्थ्य सेवा लगायतका कामहरु सिरु गर्ने गराउने । समाजका जोखिममा परेका जेष्ठ नागरिकहरु अपाङ्ग, एकल महिला, , बालबालिका समुदायलाई आवश्यकता अनुसार आर्थिक भौतिक नैतिक परामर्श गर्ने । टुहुरा बालबालिका शारीरिक अपाङ्गता भएका, बौद्धिक अपाङ्गता भएका समाजिक रुपमा बहिस्करणमा परेका, अवसरबाट बञ्चिन श्रोत साधनको पहुँचबाट बञ्चित, नागरिकलाई प्रकोपबाट बाहिर निस्कन कदमहरु अघि बढाउने । प्रकोपमा फसेका पिडितहरुलाई यथासक्य चाडो भन्दा चाडो पुनरबास गर्ने गराउने । स्थानिय श्रोत साधानलाई अध्याधिक परिचालन गरी स्वदेशमै सिपमूलक तालिम अभिशिक्षण लगायतका व्यवस्था गर्ने निकायहरुको सम्बन्धमा तालिम अभिमुखीकरण लगायतका कार्यक्रम संचालन गर्ने र रोजगारीको अवसर सृजना गरी प्राप्त सीप क्षमता र ज्ञानको सदुपयोग गराउने । कृषिका क्षेत्रमा उपलब्ध जनशक्तिको न्यूनता भएको पाइएकोले सो क्षेत्रमा रोजगारीको अवसर पहिचान गरी तालिम दिने तालिम कार्यक्रम संचालन गरी सिपमुलक कृषि तालिम दिने साथै रोजगारीको अवसरको पहिचान गराई आयवृद्धि र दीगो विकासमा प्रोत्साहन कार्यक्रमहरु आयोजना गर्ने, प्रबद्र्धन गर्ने, सहभागिता जनाउने , शैक्षिक, व्यावसायिक, स्वस्थ्य क्षेत्रसँग सम्बन्धि, बैज्ञानिक, प्राविधिक सांस्कृतिक सामाजिक, वातावरण तथा पर्यावरण क्षेत्र सम्बन्धित साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने, सहभागीता जनाउने कार्य गर्ने । समुदायिक विद्यालय, तथा विश्वविद्यालय स्तरमा पुस्तक पत्रपत्रिका विभिन्न शैक्षिक सामाग्री पुस्तककालय प्रवद्र्धन, गर्ने तथा यथासक्य आवश्यक सर सुविधा जुटाउन सहयोग गर्ने । ग्रामिण तथा सहरी वस्ति विकास सम्बन्धि अध्ययन, सामाजिक रुपान्तरण तर्फ क्षेत्रगत रुपमा अध्ययन, अनुसन्धानका परियोजना तर्जुमा गर्ने । ग्रामिण तथा सामुदायिक विकासका कार्य गर्ने । देवालय, गुम्वा आदि धार्मिकस्थलको जीर्णोद्धार पुननिर्माण लगायतका कार्यमा गर्ने र समुदायलाई फाइदा हुने खालका सामाजिक क्रियाकलाप संचालन गर्ने । विपन्न समुदाय र पिछडिएको वर्गको लगायत आवश्यकताको पहिचान गरी यथासंभव यातायात खर्च, छात्रबृत्ति लगायतका अन्य आर्थिक सहयोग प्रदान गर्ने, गोष्ठी कार्यशाला आदि आयोजना गर्ने । गरिवी, बुढ्यौली, अशक्तता, विमार, कमजोर बालवालिका लगायतका समाजमा सहायताको अपेक्षा गरिरहेकाहरुको आवश्यकता पहिचान गरी सेवा गर्ने । आगजनी डढेलो, अनिकाल, , महामारी र यस्तै अरु प्रकोप, प्राकृतिक तथा दैवी प्रकोपबाट पिडित व्यक्तिलाई भौतिक तथा समाजिक पुर्नस्थापना गराउन गर्ने । न्यू आय भएका परिवार लाई घरयसी अवस्थामा सुधार ल्याउने योजना तर्जुमा गरी आवश्यकता अनुरुप कार्यान्वयन गर्ने नियम कानुको तर्जुमा गर्ने गराउने । युवा शक्ति परिचालन गर्ने कार्यक्रम तर्जुमा गर्ने, वेरोजगारी न्यूनिकरण गर्ने, खालका सीपमुलक तालिम गोष्ठी आदि संचालन गर्ने गराउने । शैक्षिकर सांस्कृतिक क्षेत्रको लागि श्रोतसाधन जुटाउने, परिचालन गर्ने गराउने । स्वास्थ्य क्षेत्रका अवस्था सुधार गर्न आवश्यक दक्ष जनशक्तिलाई परिचालन गर्ने गराउने । विरामी, असक्त समाजका अपहेलित तथा उपेक्षित व्यक्ति÷ व्यक्तिहरुलाई आवश्यकता अनुरुप सरसहयोग गर्ने, गराउने । गरिवी निवारणका निमित्त आवश्यकता अनुरुप कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने । शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकाको लागि विद्यालय, पुस्तकालय स्थापनाका साथै प्राबिधिक मुलक शिक्षा लागु गराउने र निशुल्क पाठ्य पुस्तक सामाग्री उपलब्ध गराइने छ । घरबार विहिन सामाजिक बहिस्करणमा परेका तथा असक्तहरुको लागि आवश्यक सरसल्लाह परामर्श प्रदान गरी जीवनयापन गर्नका लागि सहयोग गर्ने र नया कानुन हरुको निर्माण गर्ने । आगजनी, आनिकाल, बाढी, पहिरो, महामारी लगायतका दैवी प्रकोप जस्ता आकास्मिक प्रकोपबाट पिडित व्यक्ति÷समुदायको लागि राहत वापत पुँजी संकलन गर्ने, अन्य भौतिक सामानहरु संकलन गर्ने र सोलाई आवश्यकता पहिचान गरी वितरण गर्ने ब्यबस्थापन समेत मिलाउने ।
आव्सेक्ता अनुसार समुदायिक विद्यालयहरुको स्थापना, संभार, संचालन लगायतका कार्य गर्ने । जहाँ निशुल्क शिक्षा प्रदान गर्ने गराउने व्यवस्था गर्ने, शिक्षा गुणस्तरीय तवरले प्रदान गर्ने युवा वर्गलाई समुदायमा परामर्श प्रदान कार्यान्वय गरिनेछ । आकस्मिक घटना र अवस्थामा स्थानिय निकायहरुसँग सहकार्य गर्ने, दैवीप्रकोपको अवस्थामा पुनरस्थापना सम्बन्धि कार्य गर्ने र वातावरण सुधार तथा संरक्षणको कार्य गर्ने । देशमा बढ्दै गहिरहेको महिला हिग्सा र चेलीबेटी बेच बिखान लाई निर्मुल पार्न देश ब्यापी रुपमा जन चेतना मुलक प्रशिक्षण कार्यक्रम गर्ने नया कानुन ल्याउने . भै परि आउने आपतकालीन अबस्थाक्का लागि आपतकालीन उद्दार टोलि निर्माण गरि देश ब्यापी संचालन गर्ने ब्यबस्थापन मिलाउने , नमुना बिर्दा आश्रम ,अपाङ्ग आश्रम ,र असक्तता आश्रम देश को विभिन्न क्षेत्रमा निर्माण गर्ने . लोप हुन् लागेका भाषा सांस्कृतिकको खोज गर्ने र त्यसको परिचारत्मक कार्यक्रमहरु संचालन गर्ने .
घनश्याम नेत्रृत्वको नयाँ शक्तिको प्रतिबद्धता र उदेश्य
—————————————————–
नेपालको संबिधान २०७२ को अधिनमा रही राष्ट्र, राष्ट्रियता, राष्ट्को सार्वभौमिकताको संरक्षण, राष्ट्रिय अखण्डता प्रति अटल र बफादारी रहने गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्रको वास्तविकता अनुभुती नेपाली जनतालाई दिलाउने र प्रयोगातत्मक नागरीक कानुनी राज्य प्रणाली लागु गर्ने अठोटका साथ जनताका अधिकारहरुमा प्रत्येक नागरिकका मौलिक अधिकार, मानव अधिकार, नागरिक स्वतन्त्रता, नागरिकहरूको प्रेश स्वतन्त्रता, सूचना पाउने हक अधिकार, स्वतन्त्र नागरिक कानूनी राज्य प्रणाली , स्वतन्त्र नागरिक न्यायालयको स्थापना अन्र्त॔गत, स्थानिय अदालत, स्थानिय अदालतमा नै पुनरावेदन गर्ने सक्ने व्यवस्था, उच्च अदालत, उच्च डोर अदालत, सर्वोच्च अदालत, सर्वोच्च डोर अदालतको व्यवस्था नागरिकहरूले पाउनु पर्ने छिटो, छरितो न्याय र नागरिकको सहुलियतलाई मध्य नजर गरेर तुरुन्त लागु गर्नु पने॔ अवस्था छ । राष्ट्रको प्रमुख मुदाृ र सवालहरू हिन्दु राष्ट्र ,धर्मनिरपेक्षता, धर्मसापेक्षता ,धार्मिक स्वतन्त्र सघिंयता , वा राजतन्त्रका सवालमा जनताको जनमत लाई नै कदर गरिने छ र जनमत संग्रह लाई सुइकार गरिने छ ।
गणतान्त्रिक र लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्दै खुल्ला प्रतिस्पर्धात्मक नागरिक शासन व्यवस्थाको स्थापना गरिने छ ।
बहुजाती र बहुभाषि भएको हाम्रो राष्ट्रमा परापुर्व काल देखी चलि आएका हाम्रो धर्म, भाषा, सस्कृती, चलन, भेष भुषाको संरक्षण, पहिचान साथै अझै भाषारूको विकाष गर्न चेतनामुलक कार्यक्रम र योजना तुरुन्त ल्याईने छ । देशमा भीत्र रहेका विभिन्न जातीका भाषाहरूको विकाश र उत्थान र पहिचान गर्न नागरिक राज्य प्रणाली अनुसार स्थानीय सरकारी निकायहरुले भाषाको विकास गर्न स्थानिय विद्यालयहरुमा पठन पाठनको व्यवस्था मिलाई राष्ट्रिय स्थर सम्म भाषाहरुको पहिचान र विकास गरी राष्ट्रिय भाषामा रुपान्तरण गरिने छ ।
हाम्रो प्रमुख एजेण्डा शान्ति, निकाश र विकाशको नारालाई पुर्ण रुपमा लागू गर्न शान्ति स्थापनाका लागि नयाँ नियम, कानुनी प्रणालीको व्यवस्था गर्न जनताको नयाँ शक्ति राज्यमा स्थापित भईसके पछि तुरून्त लागू गर्ने छ र देशले शान्ति निकास पक्का नै पाउने छ । घनश्याम नेत्रृत्व नयाँ शक्तिले देशको प्रधान शत्रु गरिबी, अशिक्षा, र बेरोजगार लाई नै ठानेको छ । राज्य संयन्मत्र मा रहेर घनश्याम नेत्रृत्व नयाँ शक्ती निरन्तर ईनै प्रधान शत्रुहरुको विरुद्धमा लडि रहने छ । देश विकाश को लागि २१ औ शताब्दीको संसारका अन्य विकसित राष्ट्रहरुको विकासको अग्रगति र व्यवस्थापन पक्षहरुलाई गहिरो अध्ययन र विश्लेषण गर्दै, हाम्रो देशको भौगोलिक बनावट अनुसारको उपयोगी र आधुनिक प्राविधिक मुलुक र जनताका लागी उपयोगि विकाशका योजनाहरु तयार गरिने छ । जो देशको कुनै पनी क्षेत्रको भौगोलिक बनावट अनुसार कृषि, जलविद्युत, खनिज पदार्थ, जडिबुटि, पर्यटन जस्ता विकसित योजनाका लागि लगानिकर्ताको जीउ, ज्यान र सम्पतिको सुरक्षा सरकारले लिन पुर्ण ग्यारेन्टि सहितको प्रयोगात्मक कानुनी शासन प्रणालीको व्यवस्था लागू गरिने छ ।
जघन्य अपराधहरुलाई पुर्ण रुपमा नियन्त्रण गर्न पुराना नियम, ऐन ,कानून र नियम संग्रहहरुलाई अहिलेको समय सान्दर्विकता अनुसार पुर्ण रुपमा परिवर्तन गरिने र खारेज गरी नयाँ कानून बनाईने छ ।
शक्तिपृथकीकरणको शिदॄान्त लाई सधैब पूर्णरुपमा पालना गर्दै राष्ट्र कुनै पनि निरंङकुस र एकाअधिकारबादी शासकहरुको दलदलमा नफसोस भनि हाम्रो शक्ति सुरक्षित अस्त्रकोरुपमा उभिरहने छ .राष्ट्र सधै बहु-प्रजातान्त्रिक मूलुक भएर रहिरहने छ ,कानुनको सर्बमान्य शिद्दान्त र पद्दति अनुसार जनताको बोल्ने ,डुल्ने ,हिड्ने ,,सुचना ,सम्पति आर्जन गर्ने र धार्मिक स्वतन्त्रता जस्ता मौलिक हक हरुलाई पूर्ण रुपमा ग्यारेन्टी गरिने छ .प्रत्यक नागरिकले राज्यबाट पाउनु पर्ने नागरिक अधिकार पाउन नागरिक राज्यको स्थापना हुनु पर्दछ , नागरिक न्यायालय , नागरिक कोष ,नागरिक सुरक्षा ,महिला हिँसा र हत्या रोक्न कडा कानुनी प्रणाली लागु ,राज्यको बिकाश को लागि प्राबिधिक शिक्षा प्रणाली ,रोजगार शिर्जना गर्न स्वदेशी तथा बिदेशी लगानीकर्ताहरु लाई पूर्ण सुरक्षा र नेपालमा रहेका बिभिन्न भाषाहरुको उत्थान र बिकाश संगै राष्ट्रिय भाषामा रुपान्तर गर्दै ,नेपाली जनतालाई नयाँ शक्तिले पूर्ण नगरिक राज्यको प्रत्याभूति दिलाउने छ .देश तथा विदेशमा रहेका देशका अर्थतन्त्रका माफियाहरु दुवारा पंचायत काल देखि हालसम्म का शासकहरु बाट भएका सम्पूर्ण सस्थागत तथा व्यक्तिगत भ्रष्टचार र भ्रष्टचार नियन्त्रण गर्न बसेको अख्तियार ,अर्थतन्त्रको चाबी लिएर बसेको नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय लगाएत सम्पूर्ण प्रशासनिक अंगहरु मिलि राष्ट्र ब्यापी रुपमा गरिएका भ्रष्टचार र घोटालामा जिम्मेवार ब्यक्तिहरुलाई कानुनको कठघरमा घनश्याम नेत्रृत्वको नयाँ शक्तिले उभ्याउने छ . भ्रष्टचार र घोटालामा जिम्मेवार ब्यक्तिहरुलाई घनश्याम नेत्रृत्व नयाँ शक्तिमा सामेल नहुनु हुन् समेत अनुरोध गर्दछौ जस्ले हाम्रो नयाँ शक्तिको एकता र देशलाई अमुल परिबर्तन ,शान्ति ,बिकाश र निकास दिने माहान अभियान लाई चोट र आघात पुराउन सक्छ ,
दैनिक एक हजार सात सय भन्दा बढी युवा विदेश गईरहेका छन् , देशमा भएका कलकारखानाहरु बन्द छन् ,देशमा रोजगारका अबसरहरु कतै छैन ,योग्यता लिएर बस्ने लाखौ युवाहरु बेरोजगार छन् , देश सधै दिन प्रतिदिन गरिब हुदै जादैछ ,शान्ति सुरक्षया छैन .राजनैतिक पार्टीहरुले देश लाई बन्दि बनाएका छन ,राज्यको ढिकुटी ६०१ सभासद को भत्ता र उपचार खर्चले खाली भै सको छ , भ्रष्टचार ले सिमा नाघेको छ ,हत्या हिंसा र गुण्ड गर्दी ले नेपाली जनता त्रसित छन , यिनै राजनैतिक पार्टीहरुका षडयन्त्र मुलक चौघेरा लाई तोडेर देश लाई शान्ति निकास बिकाश दिन का लागी नयाँ शक्ति जन्माउन खोजेको हो ,जो शक्ति नेपाली जनताको बिसुद्द राष्ट्र बादी शक्ति भएर चाडै नै देशमा स्थापित हुने छ . हामी शान्ति प्रेमी हौ अब पनि फेरी १० बर्षे माओ बादी जनयुद्द जस्तो जनयुद्द नदोहरियोस भनेर नै अब देशमा दिगो शान्ति कायम गर्न नै नयाँ शक्तिको महसुस गरेका छौ र हामी शान्तिका झन्डा र शान्तिका विचार र उपदेश दिन नेपाली जनता माझ जादै छौ .
हामी धर्म र पहिचान का बिरोधि होइनौ ,हाम्रो प्रमुख रुपमा राष्ट्र र राष्ट्रियता रहे मात्र हाम्रो धर्म र पहिचान रहन्छ भन्ने हाम्रो मूल भनाइ हो ,देश अहिले ज्यादै गम्भीर मोडमा गुज्री रहेको छ यो संकट को घडीमा देशलाई निकास दिन अहिलेका यी राजनीतिक दलहरु असफल भएका छन,बिदेशी हस्तक्षेप झनै बढेर गएको छ देशको अझै स्पस्ट बैदेशिक नीति निर्माण भएको छैन,देशमा ब्याप्त बर्गीय समस्या छोडेर जातीय नारा लगाईदै छ , देशलाई साम्प्रदायिक हिँसा तिर अघि बढाइदै छ ,यी सबै कुराको निकासा दिन सक्ने घनश्याम नेत्रृत्व नयाँ शक्तिको देशलाई खाँचो छ .त्यसैले हामी पहिले राष्ट्र बचाउन आउदै छौ हामी हाम्रो राष्ट्रको सुरक्षयाको लागि जसरि पनि बिखन्डन कारी शक्ति लाई परास्त गर्ने छौ त्यसपछि हामी धर्म र पहिचान जस्ता राष्ट्रका प्रमुख मुद्दामा जनताको मताधिकार बाट फैसला गर्न जनता लाई नै जिम्मा दिने छौ . देशलाई निकास दिन अरु राजनैतिक पार्टीहरु असफल भै सकेको पुष्टि दुई पटक को संबिधान सभाको चुनाब र अपूर्ण संबिधान नै काफी भैसकेको छ ? राजनैतिक पार्टीहरु लाई अब जनता ले विश्वास गर्न छाडी सके र जनताको लहर हामी संग बढ्दो छ . हामी गणतन्त्र ,प्रजातन्त्र र लोकतन्त्र सार्बभौमसत्ता ,अखण्डता ,नेपालको एेतिहसिक संरचना लाई अझ मजबुत बनाउने प्रतिबद्दता जाहेर गर्दै नेपालको संबिधान २०७२ को दाहेरा भित्र रहेर घनश्याम नेत्रृत्वको नयाँ शक्तिले देश र नेपाली जनतालाई शान्ति निकास र बिकाश दिने छ भन्ने बिश्वास लिएको. छौ . सत्तामा बस्ने राजनैतिक पार्टीहरुको परिवारबाद, नाताबाद , कमिसनबाद , भ्रस्टचारबादको अन्त , संगै देशमा शान्ति कायम गरी राष्ट्रिय उतपादन लाई पोरत्सान गर्ने गराउने र क्रमिक रुपले बिदेशी दलाल र अहिलेका सत्तामा बसेर राष्ट्रको ढिकुटी हाली मुहाली गर्ने राजनैतिक पार्टी लाई बैस्कृत गर्ने र गराउने ।पदिय दुरुपयोग गरेर कमायका धन स्रोत नखुलेका धन लाई राष्ट्रिय करण गर्ने छ ,राष्ट्र, राष्ट्रियता, राष्ट्को सार्वभौमिकताको संरक्षण, राष्ट्रिय अखण्डता प्रति अटल र बफादारी रहने गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्रको वास्तविकता अनुभुती नेपाली जनतालाई दिलाउने र प्रयोगातत्मक नागरीक कानुनी राज्य प्रणाली लागु गर्ने अठोटका साथ जनताका अधिकारहरुमा प्रत्येक नागरिकका मौलिक अधिकार, मानव अधिकार, नागरिक स्वतन्त्रता, नागरिकहरूको प्रेश स्वतन्त्रता, सूचना पाउने हक अधिकार, स्वतन्त्र नागरिक कानूनी राज्य प्रणाली ,स्वतन्त्र नागरिक न्यायालयको स्थापना गरिने छ ।
गणतान्त्रिक र लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्दै खुल्ला प्रतिस्पर्धात्मक नागरिक शासन व्यवस्थाको स्थापना गरिने छ ।
बहुजाती र बहुभाषि भएको हाम्रो राष्ट्रमा परापुर्व काल देखी चलि आएका हाम्रो धर्म, भाषा, सस्कृती, चलन, भेष भुषाको संरक्षण, पहिचान साथै अझै भाषारूको विकाष गर्न चेतनामुलक कार्यक्रम र योजना तुरुन्त ल्याईने छ । देशमा भीत्र रहेका विभिन्न जातीका भाषाहरूको विकाश र उत्थान र पहिचान गर्न नागरिक राज्य प्रणाली अनुसार स्थानीय सरकारी निकायहरुले भाषाको विकास गर्न स्थानिय विद्यालयहरुमा पठन पाठनको व्यवस्था मिलाई राष्ट्रिय स्थर सम्म भाषाहरुको पहिचान र विकास गरी राष्ट्रिय भाषामा रुपान्तरण गरिने छ ।
हाम्रो प्रमुख एजेण्डा शान्ति, निकाश र विकाशको नारालाई पुर्ण रुपमा लागू गर्न शान्ति स्थापनाका लागि नयाँ नियम, कानुनी प्रणालीको व्यवस्था गर्न जनताको नयाँ शक्ति राज्यमा स्थापित भईसके पछि तुरून्त लागू गर्ने छ र देशले शान्ति निकास पक्का नै पाउने छ ।
नयाँ शक्तिले देशको प्रधान शत्रु गरिबी, अशिक्षा, र बेरोजगार लाई नै ठानेको छ । राज्य संयन्मत्र मा रहेर नयाँ शक्ती निरन्तर ईनै प्रधान शत्रुहरुको विरुद्धमा लडि रहने छ । देश विकाश को लागि २१ औ शताब्दीको संसारका अन्य विकसित राष्ट्रहरुको विकासको अग्रगति र व्यवस्थापन पक्षहरुलाई गहिरो अध्ययन र विश्लेषण गर्दै, हाम्रो देशको भौगोलिक बनावट अनुसारको उपयोगी र आधुनिक प्राविधिक मुलुक र जनताका लागी उपयोगि विकाशका योजनाहरु तयार गरिने छ । जो देशको कुनै पनी क्षेत्रको भौगोलिक बनावट अनुसार कृषि, जलविद्युत, खनिज पदार्थ, जडिबुटि, पर्यटन जस्ता विकसित योजनाका लागि लगानिकर्ताको जीउ, ज्यान र सम्पतिको सुरक्षा सरकारले लिन पुर्ण ग्यारेन्टि सहितको प्रयोगात्मक कानुनी शासन प्रणालीको व्यवस्था लागू गरिने छ । जघन्य अपराधहरुलाई पुर्ण रुपमा नियन्त्रण गर्न पुराना नियम, ऐन ,कानून र नियम संग्रहहरुलाई अहिलेको समय सान्दर्विकता अनुसार पुर्ण रुपमा परिवर्तन गरिने र खारेज गरी नयाँ कानून बनाईने छ ।
अर्को कुरा नयाँ शक्ति के कुराको जानकारी गराउन चाहन्छ भने नयाँ शक्ति आफैमा संघीयता बिरोधि चाहि होइन । संघीयता मा जान तयार छ देशको चौतर्फी बिकाश को निम्ति तयार छ । पहिला देश को सिमानाको भूगोलको पहिचान गर्छ ।हाम्रा पुर्खाको रगतले कोरि एको सिमारेखा सम्म राज्य को बलियो उपस्थित जनाउदै रास्ट्रले धान्न सक्ने प्रदेश को निर्माण गर्नेछ जस्ले गर्दा कोहि नेपालिले हारेको अर्थात गुमायको आभास नहुनेगरी सामार्थे को आधारमा संघिय राज्य हुनेछ भन्नेकुरा स्पस्ट पार्न चाहन्छौ।।।तर इनै दाललले तयार पारेको संघियता नेपाली जनता स्वुकार्दैनन । हिजो सदन मा कुर्सी बजारेको कुरा पनि न्यायेप्रेमी नेपाली जनता सामु छ्रलङै छ ।बिश्व समुदायलाई नराम्रो सन्देश पुराउने गरि घटाएको संविधान सभा भित्र गरिएको जुन आमानबिय गतिबिधी र अस्ति आयर बडो नाटकिय ढङ्ग बाट भएको १६ बुद्दे सहमति लाई नेपाली जनता बुझेका छन कसै बाट चलायमान दलालले बनाइएको कुनै पनि दस्ताबेज नेपाली जनता ले मान्ने वाला छैन्न।।अन्ततः नयाँ शक्ति तमाम न्याय प्रेमी रास्ट्रबादी नेपाली जनतालाइ यो अपिल गर्न चाहन्छ यो नयाँ शक्ति तपाईं हाम्रै रास्ट्रबादी शक्ति हो रास्ट्ररहे पो नेपाली रहिन्छ भन्ने आधार लाई आत्मा साथ गर्दै मेची महाकाली अनि हिमाल पाहाड तराइ बाट जुझारु रुपमा अघि बडेको रास्ट्रबादी संगठन हो। यहि पबित्र रास्ट्रबादी संगठन ले आर्थिक सामजिक र राजनैतिक भौतिक अघुयाइ गर्ने छ।देश लाई शान्ति निकास र बिकास गर्न को निमित्त प्रतिबदता जायर गर्दछ।।
शब्द मा आयको परिबर्तन ले कुनै महतो राखदैन । हामी बिश्वले आत्मसात गरेको शासन प्रणाली अर्थात लोकतान्त्रिक गणतन्त्र को अभ्यास गरेका छौ । तर शब्द मा खोइ हाम्रा नेपाली जनताको उपलब्धि यहाँ न्यायलय मृत अबस्थामा मा छ ।सोझा लाई सुलि बाङ्गा लाई चौतारी भयको लोकतान्त्रिक गणतन्त्र को नाममा लुट तन्त्र हाबी छ र अर्को अतयन्तै सम्बेदन सिल कुरा देश को सिमा मिचिदा कोहि नबोल्नु संघीयता भन्दैमा तमाम रास्ट्रबादी न्यायप्रेमी नेपालिले स्वुकार्ने अबस्था छैन र स्वुकार्दैन्न भन्नेकुरा जुन झै छरलङै छ।
संघीयता भन्नेबित्तिकै नेपाली जनता अर्थात घनश्याम नेत्रृत्वको नयाँ शक्ति को टाउको दुखाईको अवस्था होइन १४ अञ्चल ५ बिकास क्षेत्र नै संघियताको शोवरूप हो यस्मा दुईमत छैन । भौगोलिक हिसाब ले सानो देश लाई संघियताको बाटो मा लानु भनेको अहिलेका भ्रष्ट नेतालाइ सरल बनाइदिनु हो ।.
नयाँ शक्ति के भन्छ .
————————-
हामी यो भन्दै छौ ,हाम्रो राष्ट्रमा मार्क्स , लेलिन,माओ,बेन्जामिन फ्रेरेन्कलीन,येलेकसिक्स डी.टोकुभिल्ले,विलीयम फ्रेन्क, का सिद्दान्त प्रयोग गरिरहनु आवशक्ता छैन किनकी हामीलाई हाम्रो देशको भौगोलिक परिवेश , क्षेत्र र अवस्था अनुसार सबै नेपाली सामुहिक रुपमा एक ढिक्का हुने स-मिश्रण सहितको राज्य ब्यबस्था स्थापना गर्न जरुरत छ त्यसैले अब हामीले मिश्रित बहु प्रजातान्त्रिक सिद्दान्त प्रतिपादन गरेर राष्ट्रलाई निकास र बिकाश दिने प्रतिबद्दता सह्ति हाम्रो घनश्याम नेत्रृत्वको नयाँ शक्ति चाडै जनता माझ आउदै छ . बन्दुक को खुनी र मानब नरसंहार गर्ने क्रान्ती लाई परास्त गर्ने अस्त्र भनेको नै शान्ती र जनता माझ भिज्ने माहान मानब शान्ति निकास बिकाश र विचार हो , त्यो विचार हाम्रो नयाँ जन्मने शक्तिले चाडै नै जनता सामु ल्याउने छ , नारीहरु पनि यो देशका रक्षयक हुन् ,,राष्ट्र र राष्ट्रियता बचाउन हाम्रो नया शक्तिमा सफलताको शिखरमा चडदै गरेका धरै दिदि बैनीहरु एकताबद्द हुदै हुनुहुन्छ ,राज्यका हरेक अंगहरुमा नारीहरुको उपस्थिति धेरै कम छ ,,नाताबाद र एकाधिकार बाद जमाउनेहरुले हाम्रो महिला दिदि बैहिनी हरु माथि धेरै भेदभाब गरेका छन ,, हाम्रो नया शक्ति सफल नारी लाई देशको नेतृत्व दिन चाहन्छ . आउनुहोस दिदि बैहिनिहरु हाम्रो घनश्याम नेत्रृत्वको नया शक्तिको बिशाल अभियानमा लागि परेर भ्रष्टचारी र एकाधिकारबादी हरुको अन्त्य गर्दै राष्ट्र र नेपाली जनतालाई मुक्ति दिलाउ .संसदका मुख्य दलहरुको सहमती अनुसार द्रन्द काल र लोकतान्त्रिक आन्दोलनका क्रममा १७००० भन्दा बढी निर्दोष जनताको महा (नरसंहार र कुर हत्याका दोषीहरु लाई कानुनी कारबाही नगरी हत्या भए बापत रु २ लाख का दरले क्ष्यतिपूर्ति तिरेर सफाई दिने निर्णय गरेका छन ,के यो निर्णय लाई नेपाली जनताले मान्न तयार छन् त् ?? यो निर्णय नेपाली जनताको लागी दुखद्को निर्णय हो !! सुइकार्य हुदैन ! सत्य निरुपण तथा मेलमिलाप आयोग देखाउने दात मात्र हो ,मानब हत्या र गम्भीर प्रकृतिका अपराधहरु राजनैतिक ढंगले समाधान गर्नु पर्छ भन्नुनै कानूनको सर्बमान्य सिद्धान्तको बिपरित जानु हो ? त्यसैले गम्भीर प्रकृतिका अपराधहरु लाई अदालतले फौजदारी न्यायको सिद्धान्त भित्र रहेर ब्याख्याँ गरि, गरिएका फैसलाहरु लाई जो सुकैले पनि मान्नु पर्ने हुन्छ । त्यसैले अदालतले यसरी ब्याख्याँ गरि गरिएका फैसलाहरु कसैले मान्य छैन भनि राजनैतिककरण गर्न खोज्दछन भने हाम्रो देश लाई कानूनको शासन र कानूनी राज्य भएको भनि घोषणा गर्नुको के अर्थ हुन्छ र ?
राष्ट्रिय एकता संगै समानता को हक अन्तर्गत सम्मान अधिकार, सम्मान प्रबेश ,सम्मान असतित्व र निसपक्ष न्याय ,साथै भेदभाब को पूर्णरुपमा अन्त , नारी लाई कदर र पूर्ण अधिकार ,प्रतिसप्रधात्मक प्रणाली को स्थापना ,रोजगारको लागी योजना र खोज ,आधुनिक सभ्य र अनुसासित समाज को निर्माण, बैज्ञानिक पद्दति को स्थापना अनी अपाङ्ग र बृद लाई सम्मान र नागरिक राज्यको स्थापना ।।
संबिधान राष्ट्रको लागि बिष सरह भयो ,देश मुर्दा घर भएको छ , ,भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको छ ,आफन्तबाद र अफुबाद ले जरा गाडेको छ ,महगिले आकास छुएको छ , बेरोजगारी समस्याले बिकराल रुप लिएको छ ,कुनै कुराको नियन्त्रण छैन ,राज्यका शासन गर्ने कुर्सीहरुमा देश लुट्ने मुर्दाहरु निदाई रहेको छन .क्रान्तिकारी मित्रहरु अझै क्रान्ती र दर्सनका कुरा गरेर जनतालाई बन्दुक र बारुध बोकाएर क्रान्ति को प्रशिक्षण दिनु भन्दा ,कलम र साधा कागज बाढेर बिबेक ,विचार ,बिकाश र रोजगार कसरी सिर्जना गर्ने भनेर प्रशिक्षण दिनुहोस ,क्रान्तिले समाज र बिकाशका लक्षय र उदेश्य लाई तहस नहस बनाई देश र जनतालाई गरिब बनाऊछ भने बिबेक ,विचार ,बिकाश र रोजगारका बाटो हरु खोज्नुले देशलाई बिकसित राष्ट्रको रुपमा चाडै नै परिबर्तन गराऊछ , अब तपाईहरु जनतालाई बन्दुक र बारुध बाढ्नु हुन्छ भने,, हामी पनी कलम र साधा कागज बाढ्छौ विचार ,बिकाशका कुराहरु सिकाऊछौ . देश बिकाशको लागी महत्वो पूर्ण क्षेत्र शिक्षा प्रणाली आधुनिक संसारको परिबर्तन सिल शिक्षा सरहको गुणस्तरीय छैन ? हाम्रो देशको शिक्षाले भेडा बाख्रा चराऊन अनी बन्दुक बोकेर क्रान्ती गर्न सिकाऊछ अनी कथा ,कविता, टुक्का ,लेख्न त् अतिनै सिकाउछ अनि क्रान्तिका पुस्तक धेरै पढ्न खपिस बनाउछ साथै राजनैतिक कार्यकर्ता उत्पादन गराउछ ? तसर्थ राजनैतिक मित्रहरु लाई हाम्रो सुझाब हामीले प्राथमिक तह देखिनै बिधयार्थीहरुको ज्ञान र बिबेक लाई मध्य नजर गरेर गुणस्तरीय शिक्षा प्रणाली लागु गर्न सके मात्र द्क्ष्य जनसक्ति उत्पादन गरेर देश बिकाशको कार्यमा प्रयोग गर्न सक्छौ .
बन्दुक को क्रान्ति र बन्दुक को शासनले आम जनता माझ पिडा ,बेदना ,वियोग ल्याऊछ साथै,निरंङकुसता र गरीबहरुको परिश्रममा बाच्ने तानाशाहा , दलाल ,नोकरशाही, शोषक र सामान्तिहरुको ठुलो जमात नै जन्मनछ तर स्वतन्त्र विचार ,बिबेक ,र चेतना को क्रान्तिले देशमा शान्ति ,बिकाष को गतिसिलता , सम्मान अिधकार , स्वतन्त्र र प्रतिस्पर्धात्मक शासन प्रणाली को स्थापना गराऊछ. .हामीले भनेको वर्ग शत्रुमा ठुलो भिन्नता छ ? यो परिबर्तनसिल संसारमा वर्ग संघर्ष भन्नु नै आर्थिक क्रान्ती हो ? जो खुल्ला र प्रतिस्पर्दा रुपमा स्वदेशी लगाएत बिदेशी लगानी कर्ताहरुलाई धेरै भन्दा धेरै भित्राएर लगानी गर्न हौसला दिदै उनीहरुको लगानी को सुरक्षयाको जिम्मा लिदै प्रत्यक जनतामा भएका शिप , ज्ञान र क्षयमता लाई खुल्ला प्रतिस्पर्दा मुलक ढंगले हरेक क्षेत्रमा प्रबेश गराएर राष्ट्रको हरेक निकायमा हुने आर्थिक घोटाला लाई निर्मूल पार्दै जनता लाई रोजगारीको अबसर र आवश्यक सामाग्री सुलभ मुल्यमा परिपूर्ति गर्नु नै नयाँ आर्थिक क्रान्ती हो .देशको सर्बभौमिकता राष्ट्रियता अखण्डता लोकतन्त्र शान्ति र देशको अग्रगमन जनताका आधारभूत अधिकार र प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन ब्यबस्थाको बिपरित राष्ट्रिय अखण्डता लाई नै खलल पार्ने र राष्ट्र लाई नै बिभाजन गर्ने खालका अभिव्यक्तिहरु खुल्ला आमसभाहरु मा दिदै तुरुन्त देश द्रोहिको आरोपमा कारबाही गर्नु पर्छ .नेपाली जनताको साझा सम्पती ३६ अर्ब भन्दा बढी खर्च मा अपूर्ण संबिधान बनो ,तै पनी नेताहरु संबिधान जस्तो गहन र समंबेधनसिल बिषयमा छलफल र सहमती गर्न भनी सुबिधा युक्त रिसोर्ट र रेस्टुरेन्टहरु नै ताक्छन के ती रिसोर्ट र रेस्टुरेन्टहरुमा भएको खर्च चाँही राष्ट्रले बेहोरेको छ की नेता आफै ले ? याहाँ राष्ट्र को सम्पतीमा ठुलो घोटाला भएको छ ? संबिधान त् नेताहरुको ठगी खाने भाडो नै भयो ? १० बर्ष भित्र कती पटक भेला भए ? कती पटक भोज भयो ? यसमा राष्ट्र को कती खर्च हुदै छ ? अखतीयाँर ले भ्रष्टचार सम्बन्धी अनुसन्धान सुरु गरी कानूनी कारबाही संगै के कती भ्रष्टचार भएको छ ? नेपाली जनतालाई तुरुन्त हिसाब बुझाउनु पर्छ ?
प्रधानमन्त्री, मन्त्री र सभासदहरु लाई थाहा हुनु परोकी मुलूकी एन २०२० ले बालिकाको बलात्कार जस्ता जघन्य अपराध गर्ने दोषीहरु लाई कडा कारबाही गर्न अपूर्ण छ भनेर ? जबसम्म मुलूकी एन २०२० पूर्णरुपमा संसोधन हुदैन तबसम्म जघन्य अपराध गर्ने अपराधीह्हरुले कडा सजाय पाउन सक्दैन र अपराधहरु रोकिन वाला पनि छैन, यो हाम्रो ठोकुवा भनाइ हो ? मुलूकी एन संसोधन गर्न संबिधान नै पूर्ण बन्नु पर्दछ भन्ने बाध्यता छैन ? संबिधान त् देशको मूल कानून हो जस्ले राज्य संचालन गर्ने बाटो खोलि दिन्छ भने ,मुलूकी एन , एन सग्रह ,निमावाली जस्ता कानुनहरूले अपराधहरु लाई नियन्त्रण गर्ने काम गर्दछन .त्यसैले हामीले स्पष्टरुपमा भन्नु पर्दा हाम्रो देशका शासन गर्ने शासकहरुलाई कानून र देश कसरी संचालन गर्नु पर्दछ भन्ने ज्ञान को धेरै कमि छ जस्ले गर्दा झन् अपराधि र अपराधिक घटनाहरु बढी रहेका छन . मानब हत्या र गम्भीर प्रकृतिका अपराधहरु राजनैतिक ढंगले समाधान गर्नु पर्छ भन्नुनै कानूनको सर्बमान्य सिद्धान्त बिपरित जानु हो ? त्यसैले गम्भीर प्रकृतिका अपराधहरु लाई अदालतले फौजदारी न्यायको सिद्धान्त भित्र रहेर ब्याख्या गरि गरिएका फैसलाहरु लाई जो सुकैले पनि मान्नु पर्ने हुन्छ .त्यसैले अदालतले यसरी ब्याख्या गरि गरिएका फैसलाहरु कसैले मान्य छैन भनि राजनैतिककरण गर्न खोज्दछन भने राष्ट्र कानूनको शासन र कानूनी राज्य भएको भनि घोषणा गर्नुको के अर्थ हुन्छ ? राज्यका अंगहरुमा समानता को प्रबेश ,, समानता को कानून ,समानता को अधिकार, समानता को अस्तित्तो .समानता को नारा , भेदभाब रहित समाज ,प्रतिसप्रधात्मक प्रणाली को स्थापना हुनु पर्दछ ,नेपाली नागरिकको सोचेजति र चाहेजति बृहत्तर विकास हुन सकेको छैन । आफूलाई राज्यको ठेकेदार बताउने राजनीतिक दलहरुको कारण नागरिकहरु असंख्य पीडामा छन् । नागरिक राज्यका सबैभन्दा माथिल्लो दर्जामा रहन्छन् भनिए पनि आज सम्म आम नागरिकको पीडालाई सम्बोधन गर्ने गरी कसैले पनि कार्यक्रम ल्याएका छैनन् । कुनैपनि राज्यमा नागरिक भन्दा ठूलो अरु कोही हँुदैन भन्ने कुरा विश्वव्यापी रुपमा स्थापित भएको कुरा हो । तसर्थ नागरिकको चौतर्फी विकासको लागि नागरिक विकास प्राधिकरणको स्थापना गरिनुपर्छ । नागरिक हरेक हिसावले सक्षम ,सवल र सशक्त भएको खण्डमा मात्र देश समृद्व हुन्छ ,देश समृद्व हुन नागरिक समृद्व हुन पर्छ । अत नागरिक राज्यमा नागरिक विकास प्राधिकरणको स्थापना गरिनु पर्छ । प्रत्येक नागरिकको चौतर्फी विकासको लागि नागरिक विकास प्राधिकरणको अपरिहार्यता देखिन्छ । अत नागरिक राज्यको आधारभूत सिद्वान्त मध्ये नागरिक विकास प्राधिकरणको स्थापना पनि एक हो । नागरिक विकास प्राधिकरणले नागरिकका हरेक विकासमा योगदान गर्न सक्दछ । प्रत्येक नागरिकले आफ्नो व्यक्तित्व विकास गर्न पाउनेछन् र राष्ट्रको विकासको लागि आ आफ्नो ठाउँवाट राष्ट्र विकासमा सक्दो भूमिका खेल्न सक्दछन्
पहिला संसार भरी बसोवास गर्ने नागरिकहरुमा सचेतना आउन पर्छ । नागरिकहरु सचेत हुन पर्छ ,आफ्नो अधिकार लिनको लागि जागरुक र संघर्ष्शिल बन्न पर्छ । जुन दिन संसारका नागरिकहरु स्वत स्फूर्त रुपमा अधिकार प्राप्तिको लागि संघर्षमा उत्र्नछन् ,विद्रोह गर्छन् र त्यो सफल विद्रोह पछि उनीहरुको जित हुन्छ ,त्यही जितको खुसियाली सँगै उनीहरुले माथि उल्लेखित कुराहरु सहितको नागरिक राज्यको घोषणा गर्नेछन् । त्यो दिन अर्बौँ नागरिकहरुको खुसियालीको दिन हुनेछ ,विजय ,उल्लास ,उमंग र सफलताको दिन हुनेछ । त्यही दिन कथित शासकहरुको स्वर्गमा विनाशको आगो लाग्नेछ अनि आम नागरिकको हितमा हुने गरी नागरिक राज्यको घोषणा हुनेछ । तसर्थ अब बन्ने संविधानमा नागरिक राज्य निर्माणको लागि आधार हुने गरी नागरिकमुखी संविधान निर्माण गर्नपर्छ । यदि नागरिकमुखी संविधान निर्माण हुन सकेन भने नागरिक राज्यको आभास हुन सक्दैन । नागरिकले चाहे अनुसारको संविधान बनेन भने त्यस्तो संविधानलाई सडकवाट नै बहिष्कार गरी नागरिक राज्यको निर्माण गर्न सहयोग गर्ने संविधान आन्दोलनको आँधिवेहेरी वाट नै गर्नपर्छ ,त्यसको लागि आम नागरिकमा नागरिक राज्य स्थापनाको लागि लड्ने दृढसंकल्प र इच्छा शक्तिको अनि सोही अनुसारको व्यवहारको आवश्यकता पर्दछ । आसा गरौँ नेपाली नागरिकले संसार भर नागरिक राज्यको स्थापना गरी विश्व मानचित्रमा नेपाल र आफ्नो ऐतिहासिक परिचय दिनेछन् । जुन आन्दोलनवाट प्राप्त सफलता इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिनेछ र त्यो इतिहासलाई संसारले पढ्नेछ र नागरिक राज्य स्थापनाको लागि अगाडि बढ्ने प्रेरणा पाउनेछ ।
क्काइशौँ शताव्दी नागरिक युग हो । हामी आज नागरिक युगमा छौँ । यस अवस्थामा हामीले जति चाँडो नागरिक राज्यको प्रत्याभूति गर्न पाउनु नै नागरिकको सौभाग्यहो । आज दुनियाँ भर नै नागरिक राज्यको बारेमा बहश छलफल र विचार विर्मश हुने गरेको छ । आजसम्म नेपाली नागरिकले नागरिक राज्यको आभास महशुस गर्न पाएका छैनन् । कहिले लिच्छवि वंश ,कहिले किराँत वंश ,कहिले मल्ल वंश ,कहिले राणा वंश त कहिले शाह वंशले एकलौटी शासन गरे । उनीहरुको त्यो शासन कालमा नेपाली नागरिकले कहिले पनि नागरिक राज्यको स्थापना भएको देख्न र भोग्न पाएनन् । सदा सर्वदा आम नागरिकहरु उनीहरुकै दास भएर वस्न विवश भए , नागरिक अधिकार देखि अरु विभिन्न कुरा पाउन वाट उनीहरु वञ्चित भएका थिए । अत नागरिक राज्य भनेको केहो ? र नागरिक राज्यका आधार भूत सिद्वान्त के के हुन भन्ने वारे संक्षेपमा चर्चा गरौँ ।
सामान्यतया जून देशका नागरिकले पूर्ण रुपमा नागरिक हक ,अधिकार र त्यसको प्रत्याभूति गर्न पाउछन् अथवा उनीहरुको समान अस्तित्वको कदर हुन्छ त्यस्तो राज्यलाई नागरिक राज्य भनिन्छ । नागरिक राज्यमा नागरिकका हरेक कुराको कदर हुन्छ । त्यहाँ सबै नागरिकले समान रुपमा न्याय पाएका हुन्छन् । त्यस्तो राज्य नागरिक राज्य हो जहाँ आम नागरिकले राज्यको हरेक तह र तप्कामा समान रुपमा अवसर र अधिकार पाएका हुन्छन् । नागरिक राज्यमा कुनै पनि कुरामा विभेद हँुदैन र त्यस्तो प्रकारको असमान व्यवहार पनि गरिन्न त्यो नै नागरिक राज्य हो । नागरिक राज्यको नागरिकहरु नै सर्वशक्तिमान हुन्छन् । नागरिकले जे चाहन्छन् त्यो नै हुन्छ । जहाँ नागरिक स्वतन्त्रता ,नागरिक अधिकार र नागरिक सर्वोच्चता कायम भएको हुन्छ ।
विना आधार नागरिक राज्यको स्थापना हुन सक्दैन । नागरिक राज्यको स्थापना हुन केही आधारहरु चाहिन्छ ।अथवा केही सिद्वान्तहरु चाहिन्छ । नागरिक राज्यको स्थापना हुन चाहिने सिद्वान्त नै नागरिक राज्यका आधारभूत सिद्वान्त हुन । नागरिक राज्यका आधारभूत सिद्वान्त बारे संक्षेपमा चर्चा गरौँ ।
नागरिक राज्यको पहिलो आधारभूत सिद्वान्तको रुपमा नागरिक अधिकारको सुनिश्चितता हुनु नै हो । जून देशका नागरिकले समान रुपमा नागरिक अधिकार पाउछन् समान रुपमा जिउने अवसर पाउछन् त्यो राज्य नै वास्तवमै नागरिक राज्य हो । नागरिक राज्यभित्र नागरिकले गाँस ,वास ,कपास ,शिक्षा, स्वास्थ्य र रोजगार आदिको सुनिश्चितता खोजेका हुन्छन् । जुन देशमा माथिका कुराहरु प्राप्त हुन्छन् त्यो राज्यलाई मात्र नागरिक राज्य भनिन्छ । अत नागरिक राज्य हुनका निम्ति नागरिक अधिकारको सुनिश्चितता हुन पर्छ तब मात्र नागरिक राज्यको परिकल्पना गर्न सकिन्छ ।
आजको युगलाई आधुनिक युग र आधुनिक युगलाई न्याय र समानताको युग भनिएतापनि आज आम नागरिकले सस्तो ,भरपर्दो ,छिटोछरितो रुपमा न्याय पाउन सकेका छैनन् । न्यायलयमा बस्ने न्यायमूर्तिहरुले समयमै नागरिकलाई न्याय दिन सकेका छैनन् । न्यायधिशहरु अन्यायमा परेका नागरिकलाई समयमै न्याय दिन चुकेका छन् । अत नागरिक राज्यको अर्को आधारभूत सिद्वान्त भनेको नागरिक न्यायलयको स्थापना हुनु हो । राज्यमा बसोवास गर्ने सम्पूर्ण नागरिकले समान रुपमा न्याय पाउनु नै नागरिक न्यायलयको प्रमूख सफलता हो । तर हाम्रो देशमा आज सम्म नागरिक न्यायलयको स्थापना हुन सकेको छैन । न्याय क्षेत्रलाई पहँुचवाला हरुले पैसा ,पद र शक्तिको आडमा किनेवच गरी न्याय क्षेत्रलाई प्रभावित पार्ने काम गरेका छन् । उनीहरुले जस्तो सुकै अपराध गरे पनि हतपत्त उनीहरुमाथि छानविन नहुने छानविन पश्चात दोषी देखिएपनि उनीहरु पैसा ,पद र शक्तिको चरम दुरुपयोग गरी सजिलै कार्वाहीबाट बच्ने गरेका छन् । जस्तो कि हिजो राणा शासन कालमा राणाहरुमाथि कसैले छानविन गर्न र कार्वही गर्न सक्दैनथ्यो , तत्कालीन पञ्चायत कालीन राजाहरुलाई पनि कसैले छानविन गर्न र कार्वाही गर्न नसक्ने कुरा संविधानमा उल्लेख थियो । त्यस्तै गरी देशमा बहुदलको स्थापना भएपछि सत्ता र शक्तिको चरम दुरुपयोग गरी अकूत सम्पत्ति कमाएर देश जनतालाई बर्वाद पार्ने कथित राजनीतिक पार्टीका नेताहरुलाई कसैले पनि कार्वाही गर्न सकेनन् । उनीहरुले गरेको अन्याय अत्यचारलाई आम नागरिकले सधैँ सहेर बस्न पर्ने देखियो । पछि फेरि अख्त्यिार र सेनालाई जे गरी पनि छुन नसकिने छानविन गर्न नसकिने भन्ने कुरा संविधानमा लेखियो । राज्यको प्रमूख अंगलाई गल्ती गर्दा कार्वाही त के छानविन समेत गर्न नसक्ने भनी संविधानमै उल्लेख भएपछि यहीवाट नागरिक न्यायलयको स्थापना भएको छैन भन्ने कुरा प्रमाणित हुन्छ । आज पनि नेपालमा सैनिक शासन छ ,यदि सैनिक शासन छैन भने सेनाले गल्ती गर्दा सेनालाई छानविन गर्ने र कार्वाही गर्ने निकायको किन स्थापना हुन सकेन ?अहिले देखाइएको लोकतन्त्र त सैन्य शासनभित्र केवल सैन्य शासनको असली अनुहार छोप्न लगाइएको मूखुण्डो शिवाय केही हैन । कुन नेताले भन्न सक्दछन् नेपालमा लोकतन्त्र आएको छ ,लोकतन्त्र त विदेशीको आँखामा छारो हाल्न मात्र भनिएको हो । नेपालमा कुन चाँहि सरकार प्रमूखले सेनावारे बोल्ने कोशिस गरेका छन् अपवाद बाहेक ? त्यस्तै अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले करोडौँ खाने र खुवाउने कार्य गरेका छन् ,तिनलाई कसले कार्वाही गर्ने ?तसर्थ अब अपराध गर्ने जो सुकैलाई पनि कार्वाही गर्न नागरिक स्तरमा नागरिक न्यायलयको स्थापना गर्न पर्छ । नागरिक न्यायलयले कसैलाई पनि छाड्ने छैन सदा सर्वदा नागरिक तहवाट खवरदारी र कार्वाही गरिरहनेछ ।
देशमा व्यापक अनियमितता ,भ्रष्टाचार ,शक्ति ,पदको दुरुपयोग लगायतका घटनाहरुमा वृद्वि भएका छन् । विभिन्न घटनामा दोषी भएकाहरुले आजसम्म कार्वाही भोगेका छैनन् । अत अभियोग लागेकाहरुलाई नागरिक स्तरवाट छानिविन गरी दोषीहरुलाई कडा कार्वाही गर्न नागरिक अनुसन्धान आयोगको गठन गर्न पर्छ ,यो नागरिक अनुसन्धान आयोग यति शक्तिशाली हुन पर्छ कि यसले गल्ती गर्ने सामान्य नागरिक देखि राष्ट्रपति ,प्रधानमन्त्री ,प्रधानन्यायधिश ,प्रधान सेनापति लगायत उच्च पदस्थ अधिकारीहरुलाई समेत छानविन र कार्वाहीको दायरामा ल्याउन सक्नेछ । अब बन्ने संविधानमै नागरिक अनुसन्धान आयोगको गठन सम्बन्धी प्रावधान राखिनु पर्छ । अपराध गर्ने अपराधी नै हो चाहे त्यो जस्तो सुकै उच्चपदस्थ व्यक्तिनै किन नहोस् यदि हामी नागरिक राज्यमा विश्वास गर्छौँ भने तिनीहरुले पनि सजायको भागिदार हुन पर्छ ,नागरिक अनुसन्धान आयोगले त्यस्ताहरुलाई पनि कार्वाही गर्न सक्नु पर्दछ । नागरिक अनुसन्धान आयोगको स्थापना गर्नु पनि नागरिक राज्यको आधारभूत सिद्वान्त हो । अत हामी प्रत्येक नागरिक अब नागरिक राज्यको स्थापना गर्न आ आफ्नो ठाँउवाट लड्नुपर्छ । त्यसको लागि नागरिक अनुसन्धान आयोगको गठन गर्नु पर्छ । सानालाई कार्वाही गर्ने र ठूलालाई करोडौँ खाई छोड्ने कथित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अब खारेज गर्नु पर्छ ।
नागरिक राज्यको स्थापना हुनको लागि नागरिक सरकारको स्थापना हुनपर्छ । नेपालमा आजसम्म नागरिकहरुले सरकार संचालन गर्न पाएका छैनन् । नागरिको मत लिएर सरकारमा गएकाहरुले नागरिकको हितभन्दा बाहिर गएर काम गरेका उदाहारण हामीले देखि र भोगि सकेका छौँ । नागरिकको स्थार्थभन्दा पनि विदेशीको स्वार्थमा केन्द्रीत भई कार्य गर्न हाम्रा सरकार तथा सरकार प्रमूखहरुको ध्यान गएको छ । जति सरकार बनेपनि कसैले पनि आम नागरिकको हकहितको लागि कार्य गरेको देखिँदैन । आम नागरिकहरु आजसम्म पनि अनेक पीडा भोगेर जिउन विवश भएका छन् । उनीहरुको समस्या ज्यूँका त्यूँ छन् । तसर्थ अब आम नागरिकको हितमा हुने गरी कार्य गर्न आम नागरिकको नेतृत्वमा नागरिक सरकारको स्थापना हुनपर्छ । दलीय सरकारले दलगत स्वार्थभन्दा माथि उठ्न सकेन ,चरम भ्रष्टाचार ,अनियमितता लगायतका कार्यहरुमा उनीहरुको ध्यान गयो भन्ने कुरा उनीहरुको व्यवहारवाट नै प्रष्ट भई सक्यो । नागरिकको हकहितको रक्षा गर्न तथा उनीहरुलाई साँच्चिकै सरकार भएको अनुभूति दिलाउनको लागि पनि हाम्रो देशमा नागरिक सरकारको स्थापना गर्न पर्छ । यसका लागि आम नागरिक सचेत र जागरुक हुन पर्छ ,पटकपटक अरुलाई जिताएर राज्य संचालनको तहमा पुर्याउने नागरिकहरुले अब भने आफैँले राज्य संचालनको जिम्मा लिन पर्छ ,आफ्नो लागि आफैँ गर्न पर्छ अझै पनि कसैको आड र भरोसामा बाँच्न खोज्नु मूर्खता शिवाय केही हैन ,यस कुरामा सचेत नागरिकको ध्यान जाओस् ।
आम नागरिकहरु विभिन्न समस्यावाट आक्रान्त भएका हुन्छन् । उनीहरुले विभिन्न समस्या भोग्दै कहाली लाग्दो जीवन विताई रहेका हुन्छन् । अनेक विपत र विपत्तिवाट ग्रसित नागरिकले त्यसवखत राज्यवाट साथ सहयोगको अपेक्षा गरेको हुन्छ ,यदि यस्तो बेलामा राज्यले नागरिकलाई केही दिन सकेन भने पक्कै पनि आम नागरिकमा चरम निराशा पैदा हुन्छ । अत पीडामा परेका तिनै नागरिकलाई राहात दिन पनि नागरिक सहायता कोषको स्थापना गरिएको हुन पर्छ । पीडा ,अभाव र क्षतिको मूल्यांकन हेरेर उनीहरुलाई राहात तथा सहायता दिन सकिन्छ । अत नागरिक सहायता कोषको स्थापना गर्नु पनि नागरिक राज्यको आधारभूत सिद्वान्त अन्तर्गत नै पर्दछ ।
नागरिकको पहिलो प्राथमिकता भनेको सुरक्षा हो ,जब कुनै नागरिकले भयमूक्त वातावरणमा जिउन पाउँदैन भने त्यस्तो राज्यलाई नागरिक राज्य भन्न सुहाउँदैन । नागरिक राज्य हुनलाई नागरिकको सिंगो सुरक्षा गर्न नागरिक सुरक्षा बलको स्थापना गर्नु पर्छ । नागरिक सुरक्षा बलले निष्पक्ष रुपमा आम नागरिकको सुरक्षा गर्न सक्दछ । बर्तमान समयमा आम नागरिकले सुरक्षा निकायावट चाहे अनुसारको सेवा सुविधा पाएका छैनन् । पहँुचवालाहरुले नै पद ,पैसा र शक्तिको आडमा सुरक्षाको चरम दुरुपयोग गरि रहेका छन् । भ्रष्ट ,गद्वार र अन्य विकृतिमा लागेकाहरु अहिले पनि कडा सुरक्षा घेरामा बसि रहेका छन् भने अन्यायको विरोध गरी न्यायको पर्खाईमा बसेका नागरिकहरु भने आज अनेक डर ,धाक ,धम्की र त्रासवाट पीडित भएका छन् । तसर्थ सिंगो नागरिकलाई शान्ति ,सुरक्षा र अमनचयनको अनुभूति दिलाउनको लागि नागरिक सुरक्षा बलको स्थापना गर्नुपर्छ । नागरिक सुरक्षा बलको स्थापना पनि नागरिक राज्यको आधारभूत सिद्वान्त भित्र नै पर्दछ ।
घनश्याम नेत्रृत्वको नयाँ शक्ति किन आवश्कता छ ?
—————————————————
१ ) देश लाई शान्ति क्षेत्र घोषणा गरि नेपाली जनता लाई पूर्ण रुपमा शान्तिको अनुभति दिलाउन ।
२ ) भ्रष्टचार को अन्त र भ्रष्टचारी लाई फाँसी वा हदै सम्मको सजाय गर्न भ्रष्टचार निवारण एेन लाई पूर्ण रुपमा संसोधन गर्ने वा खारेज गर्ने ।
३ ) बलत्कारी ,हत्यारा र चेलीबेटी बेचबिखन गर्ने लाई फाँसी दिन जनताको जनमत बाट अधिकार लिई नेपाल सरकारले अन्तरास्ट्रिय स्तरमा कसैलाई पनि फाँसी दिने छैन भनि नेपाल सरकारले गरेको सम्झौता लाई खारेज गराऊने .
४ ) गुन्डा गर्दी पूर्ण रुपमा नियन्त्रण गर्न स्थानिय प्रशासन एेन लाई पूर्ण रुपमा संसोधन गर्ने वा खारेज गर्ने ।
५ ) बेरोजगारी समस्या हल गर्न लगानी कर्ता को ज्यान र धनको जिम्मा सरकारले लिने ।
६ ) गरिबी जनताको जीवन स्तर उठाउन कृषि क्षेत्र लाई पूर्णरुपमा अाधुनिककरण गर्ने र विभिन्न खाले उधोगधन्दा खोल्न सरकारले लगानी गनु॔ पने॔ ।
७ ) धनि र गरिब बिचको गहिरो खाडल पूर्ण कर भाट प्रणाली लाई वर्गीकृत गर्ने र समानान्तर आर्थिक प्रणाली लागु गर्ने ।
के नेपाली जनताले शान्तिको महशुस गर्न नपाउने ?
के हाम्रो देशमा अब शान्ति आउन सक्दैन ?देशमा शान्ति नहुनुका पछाडी के के कारण छन ?
अब देशमा शान्ति ल्याउन र नेपाली जनतालाई शान्तिको महशुस दिलाउन के के गर्नु पर्ला ?
देशले निकाश कसरी पाउछ रु देशले निकास नपाउनुका मुख्य कारणहरु के के हुन ?
देशलाई कसरी निकास दिन सकिन्छ ?
देशको विकास कसरी हुन्छ र विकाश कसरी गर्न सकिन्छ र देश विकास नहुनुका पछाडी के के कारणहरु छन् र देशमा विकाश गर्न के कस्ता योजना कसरी ल्याउने , विचारहरु धेरै हुन्छन । के कस्ता विचार ले देशमा शान्ति छाउँछ, के हामिले नेपाली जनतालाई देशले शान्ति, निकास र विकास पाउने खालको बिचार दिन सक्छौं । राम्रा विचार ल्याउन के के गर्नु पर्ला ? राम्रा विचारहरु कसरी जन्माउन सकिन्छ र राम्रा विचारहरुको खोजी गरौ । राम्रा विचारहरु खोज्ने प्रत्येक नेपाली कर्तव्य हो ।
घनश्याम नेत्रृत्वको नयाँ शक्तिको सांगठनिक योजना के कस्तो छ र कसरी योजनाहरु सफल हुन सक्छन ? वास्तवमा भन्ने हो भने अब घनश्याम नेत्रृत्वको नयाँ शक्ति राष्ट्रब्यापी रुपमा जन्मदै छ । यो शक्ति राष्ट्रमा पुर्ण रुपमा शान्ति छाएको देख्न चाहन्छ । जब सम्म देशमा शान्ति स्थापना हुदैन तब सम्म देशमा कुनैपनि किसिमका विकासको परिवर्तन आउन सक्दैन भन्ने घनश्याम नेत्रृत्वको नयाँ शक्तिको मान्यता हो । देशमा धेरै किसिमका परिवर्तनहरु भए र आए पनि देशले कुनै त्यस्तो ठुला विकाशशिल परिवर्तन पाउन सकेन । नेपाली जनता सधै सधै भयवित र त्रसित अवस्थामा वाच्नु पर्ने वाध्यताहरु श्रृजना भए र राष्ट्र झन झन विश्वका अन्य मुलुकको दाँजोमा गरीब बन्दै जानु र राज्यमा भएका सम्पुर्ण कल–कारखाना बन्द हुदै जानु र कल–कारखानाको अस्तित्व मेटिनु, रोजगारीको अवशर हराउनु, लाखौ शिक्षित युवाहरु रोजगारीको लागि श्रम गर्न विदेश जान बाध्यात्मक अवस्थाहरु श्रृजना हुनुका कारणले तमाम विदेशिएका र बिदेशिने अवस्थामा रहेका शिक्षित युवाहरुको विचलित मनस्थितिको उपजको रुपमा लाखौं युवाहरुको बिचारबाट सामाजिक सञ्जाल फेसबुकबाट स्थापित हुदै घनश्याम नेत्रृत्वको नयाँ शक्तिलाई दलको रुपमा स्थापित गरेर स्थानिय तह सम्म पु¥याउने लक्ष्य छ ।
जसले शान्ति, निकास, विकाश र विचारको मुल नारालाई अगाडि सार्दै नेपाली जनताका ऐतिहासिक, प्रजातान्त्रिक, आन्दोलनबाट स्थापित गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र र सिंगो राष्ट्र र राष्ट्रियतालाई संमरण र सम्बर्धन गर्दै राज्यमा रहेको बहुजाति, बहुभाषिय समाजमा रहेका सबै पक्ष र तप्काका जनतालाई राज्यका प्रत्येक अगंहरुमा प्रतिसप्रधात्मक कानुनी प्रणालिको स्थापना गर्दै समान अवशरहरु दिनको लागि नागरिक राज्यको प्रत्याभुति दिलाउने छ । नेपाली जनतालाई यो घनश्याम नेत्रृत्वको नयाँ शक्तिबाट स्थापित भएको दलबाट समान र निश्पक्ष अवशरहरु दिलाएर नै छाड्ने छ । जसलाई प्रत्येक नेपाली नागरिक समक्ष पु¥याउन घनश्याम नेत्रृत्वको नयाँ शक्तिलाई राजनैतिक दलको रुपमा जति सक्दो चाँडो रुपान्तरण गरेर लैजाने छ ।
२) देशलाई परिवर्तन र विकाशशील राष्ट्रको रुपमा लैजान के कस्ता योजनाहरु ल्याउनु पर्ला देशमा शान्ति स्थापना नभए सम्म विकाश हुन पनि सक्दैन र कुनै पनि विकाशका योजनाहरुका कार्यक्रमहरु सफल पार्न सक्ने अवस्थाहरु पनि हुदैन । त्यसैले शान्ति स्थापनाका लागि देशमा रहेका जनपथ र शसस्त्र प्रहरी बाहेक राज्यको तर्फबाट १ लाख देखि २ लाखको हारा हारीमा पहिलो २ बर्ष भित्र अनिवार्य रुपमा शान्ति स्थापक शान्ति प्रहरी बलको राज्यपक्षबाट स्थापना गर्न जरुरी छ । अनि मात्र राज्यले नेपाली जनता, स्वदेशी लगानी कर्ता, बिदेशि लगानिकर्ताको जिउ, ज्यान, धन र सम्पतिको पुर्ण रुपमा सुरक्षा गर्न सकिन्छ । साथै अनि मात्र हामिले हरेक किसिमका उद्योग धन्दा कल–कारखाना र विकाशका कार्ययोजनाहरु धेरै भन्दा धेरै स्थापना गर्न सक्छौं र देशमा रहेका शिक्षित युवा र अन्य जनशक्तिलाई रोजगारका अवशरहरु दिलाउन सक्छौं ।
घनश्याम नेत्रृत्वको नयाँ शक्ति नेपालको १५ बुदे घोषणा – पत्र
—————————————————————–
१ ) देशै भरि शान्ति कायम गर्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गराऊने,राजनैतिक पार्टीहरु र अन्य संगठन बाट दैनिक जस्तो गरिरहने बन्द हड्ताल को बिरोध गर्न गृह्र मन्त्रि , राजनैतिक दलहरु लगाएत देशै भरका प्रमुख जिल्ला अधिकारीहरु लाई बन्द हड्ताल कसै बाट नहोस भनि सचेत गराउने ।
२ ) देशमा दैनिक जस्तो भैरहने महिला हिङ्सा ,बलत्कार ,चेली बेटी बेचबिखन ,हत्याँ ,गुन्डा गर्दी ,लागु औषध र अन्य जघन्य अपराधहरु लाई नियन्त्रण गर्न कडा भन्दा कडा कानून चाडो लागु गराउने .।
३ ) देशमा हुने भ्रष्टचार ,कमिसनतन्त्र ,घुसखोरी को नियन्त्रण गर्न राष्ट्रसेवकहरुको मासिक पारिश्रमिक तलबमा पुनर विचार र बृर्दी गर्दै भ्रष्टचार एेनमा कडा नियम प्रणाली राख्ने र भ्रष्टचार नियन्त्रण गर्न अधिकार पाएका कर्मचारी लगयत अन्य कर्मचारीहरु लाई कार्यमुखी बनाउन बिशेष अनुगमन टोलीहरू निर्माण गर्ने .
४ ) महगी र कालाबजारि नियन्त्रण गर्न कर र अन्तसुल्क काय॔लयमा बिशेस अनुगमनको व्यवस्था र उचित करको व्यवस्थापन र स्थानिय मन्त्रालयल अन्तर्गतका निकायले बजार भाउको मुल्य तेाक्ने ,मुल्यको बिबरण सार्बजनिक गराउने अनिबार्य रुपमा सामानको मुल्यको सुची सर्बसाधारले देख्नेगरी पसलमा टास्नु पर्ने र बजार भाउ नियन्त्रण गर्न बिशेष बजार भाउ नियन्त्रक टोलि परिचालन गर्ने ,ब्यापारीहरुलाई ग्राहकमुखी बनाउन सरकार बाट बिशेष छुट र जनमुखी ब्यबस्थापन को कार्यनयन गर्नु पर्ने ब्यापारीहरुले कालाबजारी गरि सर्बसाधारण लाई ठगि गरे ठगीमा कडा भन्दा कडा कारबाही गर्न नयाँ कानुनहरु लागु गर्ने .।
५ ) नेपाली जनताले भने जस्तो स्वास्थ्य सुबिधा पाउन सकेका छैनन् ,बिकट पाहाडी जिल्ला र असुगम क्षेत्रमा डाक्टरहरु जान चाहादैन्न र डाक्टरहरुको अभाब बाट बर्षमा हजारौ जनताको अकालमा मृतु हुने गर्छ यो अबस्थालाई मध्यनजर गरेर प्रत्यक सरकारी डाक्टरहरुले ,बिकट पाहाडी जिल्ला र असुगम क्षेत्रमा निजको नोकरी अबधि भरि कम्तिमा २ बर्ष नोकरी गर्नु पर्ने र बिकट पाहाडी जिल्ला र असुगम क्षेत्रमा गई नोकरी गर्न नचाहने डाक्टर लाई घटीमा ५ वर्ष सम्म नोकरी बाट निलम्बन गर्ने र प्राईभेट किल्नीक सम्म खोल्न नपाऊने गरि बन्देज लगाऊने ।
६ ) सर्ब साधारण जनताको हित लाई ध्यानमा राखी सरकारी कार्यालयहरु र सरकारी कर्मचरीलाई जनमुखी बनाउन ,प्रत्यक सरकारी कार्यालयहरुमा सूचना पाटि अनिबार्य रुपमा राखी दैनिक सूचना टास गर्नु पर्ने ,प्रत्यक कार्यालयमा जनताको सहयोगको लागि निबेदन फर्म निसुल्क वितरण हुनु पर्ने र सयमसेवक को अनिबार्य रुपमा ब्यबस्था गरिने .
७ ) कृर्षी क्षेत्र लाई आधुनिक करण गर्न आधुनिक खेति सम्बन्धि चेतना मुलक प्रशिक्षण कार्यक्रमहरू स्थनिय क्षेत्रहरुमा गरउने ।
८ ) शिक्षा लाई प्रयोग मुखी बनाउन प्राबिधिक मूलक शिक्षाको बिकाश गर्न देश ब्यापी ,प्राबिधीज्ञयहरु बाट बिधयार्थीहरुलाई नि .मा .बि . देखिनै चेतनामुलक प्रशिक्षण कार्यक्रमहरु गर्ने र गरउने ।
९ ) मजदुरको हक हितको ग्यारेन्टी गर्न नयाँ श्रम कानून लागू गर्नु पर्ने र लगानी कर्ताको ज्यान र सम्पतिको जिम्मा सरकारले लिनु पर्ने ,बढदो बेरोजगारी समस्या हल गर्न लगानी कर्ताको ज्यान र सम्पतिको जिम्मा लिई बढीसे बढी कल – कारखाना र नयाँ उधोगहरु खोल्न लगानी कर्ता लाई प्रोत्साहित गर्ने .
१० ) देशमा बढीसे बढी नयाँ योजनाहरु ल्याउन देश ब्यापी रुपमा, सिचाई,,खनिज ,बिधुत ,जडिबुटी .कृषी र अन्य बिज्ञहरु परिचालन गर्ने ।
११) स्थानिय प्रशासन र प्रहरी लाई जनमुखी बनाउन र जनतालाई सचेत र जनप्रेमी बनाउन राज्यले कानुनी राज्य ,नागरिक कानून , मानब अधिकार र अन्य कानून सम्बन्धि प्रशिक्षण कार्यक्रमहरु स्थानिय प्रशासन , प्रहरी साथै जनताहरु लाई स्थानिय तहमा नै गएर गराऊने ।
१२ ) बिर्दा ,अपाङ्ग ,एकल महिला आश्रम खोल्ने .
१३ ) अपाङ्गहरु लाई उसको सारीरिक असक्तता हेरी सरकारी जागिरमा योग्योता बमोजिम भर्ति गर्ने .
१४ ) ६० बर्ष उमेर पुगेका लाई बिर्दा भत्ताको ब्यबस्ता गर्ने .
१५ ) दलित र जनजाती भन्ने शब्द नेपालको कुनै पनि कानुनमा नलेखिने ,मानब जति सबै एउटै हुन् भन्ने नारा लाई अगि सर्ने र जनचेतना मुलक कार्यक्रम गरि मानब सोच र भावनाको विकास गर्ने .
घनश्याम चम्लागाँई
नेत्रृत्वको नयाँ शक्ति नेपाल
मिती ११ चैत्र २०२७६ मा लिबरटि इन्टरनेसन्ल चाईना Liberty International
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal