शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति ।।
नेपालवाद, यसका अवधारणा र प्रतिपादित सिद्धान्त ।
शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति ।।
‘शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति’ मायहाँलाई स्वागत छ ।
खोक्रा आदर्श, नारा र चर्का भाषणले देशमा परिवर्तन हुन सक्दैन। त्यसमाथि पनि देश अहिले दलियकरणको अवस्थामा छ ।गणतन्त्रको आवरणमा निरंकुशतन्त्र हाबी भएको छ, राजनैतिकभागबण्डा मौलाएको छ । मुलुक कुन दर्शन र सिद्धान्तकोप्रयोगबाट दलियकरण भएको हो ? हाम्रो देश र जनतालाईचाहिएको सिद्धान्त–दर्शन जो हामी आफैंले प्रतिपादन गर्नुपर्छ, ग¥यौं र यसलाई अब प्रयोगमा पनि ल्याऔं । राज्यभित्रकासम्पूर्ण संयन्त्रलाई निर्माण र प्रतिपादन गरेको सिद्धान्तले मात्रसफाई गर्न सक्छ । अब नेपाली जनता भाडामा, सापटी लिएकोदर्शन र आदर्शलाई स्वीकार गर्न सक्दैनन ।
यहाँ कतिले अन्य सिद्धान्तका कुरा पनि उठाउँछन । तर, सबैले केबुझ्न नितान्त जरुरी छ भने हाम्रो देशमा विपी कोइरालाकोबिदेशी समाजवादको व्याख्या गर्नेहरूदेखि, मदन भण्डारीकोबिदेशी जनताको बहुदलिय जनवाद, माक्र्स, एन्जेल्स, लेलिन, स्टालिन, माओ आदिका वाद, विचार र सिद्धान्त अँगालेकोभन्नेहरूले पनि शासन गरे । र, गरिरहेका छन् । यदपि देशमात्यस्तो कुनै क्रान्तिकारी, अग्रगामी परिवर्तन आएन । केउनीहरूको कदम, शासन व्यवस्था र ब्याख्या जनतालेसोचेजस्तो, खोजेजस्तो भयो त ? के यो अवस्थामा अब हामीलेदेशको भौगोलिक बिशिष्टता अनुसारको सिद्धान्त प्रतिपादन गर्नसक्दैनौ त ? अहिलेको चुरो पक्ष र गम्भीर सवाल नै यही हो ।हामीले स्पष्ट पारिसकेका छौं कि देशको भौगोलिक बनावट तथापरिबेशलाई गहिरिएर अध्ययन र मुल्यांकन गर्दै सम्पूर्ण क्षेत्रमाबसोबास गर्ने नेपाली जनतामाझ चलिआएका रितिरिवाज, भेषभूषालाई संरक्षण अनि सवद्र्धन गर्दै नयाँ विचारशिलसिद्धान्त प्रतिपादन गरेर संसारमा नेपाललाई चिनाऊँ । के हामीले हाम्रो देशको लागि नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्दैनौ? के नेपाली नयाँ सिद्धान्तको प्रतिपादक हुन सक्दैनन ? केयसमा हामीले कोशिस नगर्ने ? आँट र हिम्मत नगर्ने ?
नयाँ विचार
‘शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति’ आजकोआवश्यकता
पछिल्लो समय प्रायः सबै सामाजिक सञ्जालका भित्ताहरूमाशान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति लेखिएको रहाम्रो अभियानको बारेमा ब्याख्या गरेको पाइन्छ । धेरैलाई हाम्रोयो अभियानका बारेमा जानकारी नहुन पनि सक्छ । सामाजिकसञ्जालमा बढेको शान्ति, निकास, विकास र विचारको हाम्रोमूल नीतिको चहलपहल र उर्लिएको जनलहर देख्दा साँच्चिकै योअभियान अब देशमा राजनैतिक शक्तिको रुपमा स्थापित हुने होकि भनेर धेरैको मुटुमा ढ्यांङ्ग्रो ठोक्न थालिसकेको अवस्था छ ।र, धेरैले हाम्रो अभियान र शक्तिको बारेमा गहिरिएर अवलोकन, अध्ययन एवं अनुसन्धान गरिरहेका छन् ।
‘शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति’ आजसामाजिक सञ्जालका वालहरूमा जताततै भेटिनुको प्रमुखकारण भनेको हाल दैनिकजसो १ हजार ७ सयभन्दा बढी युवाविदेशिइरहेका छन् । देशमा भएका कलकारखानाहरू पूर्णरुपमाबन्द छन् । आन्तरिक रोजगारीका अवसरहरू कतै छैनन् । योग्यभएता पनि लाखौ युवाबर्ग बेरोजगार छन् । देश दिनप्रतिदिनगरिबीको सूचिमा धकेलिदै छ । शान्ति–सुरक्षाको अवस्थाभयावह छ । आफूलाई ठूला भनाउदा राजनैतिक दलहरूलेदेशलाई सदा अनिर्णयको बन्दी बनाइरहेका छन् । नेताहरूकोअनियमितता, भ्रष्टाचार, कमिसनमोह र मनमौजी खर्चलेराज्यको ढुकुटी टाट पल्टदैगएको छ । असमानता, विभेद, तनाव, सामाजिक विचलन, कृतिम अभाव, कालोबजारी, महँगी, आतंक, हत्या, हिंसालगायतका चपेटामा पिल्सिदा नागरिक पाइला–पाइलामा त्रसित छन । मुलुकमा अझैसम्म जनताले चाहेको, खोजेजस्तो नागरिक नियम, कानुन र संविधान निर्माण तथा लागूभए पनि कार्यान्वयन हुन सकेको छैन । र, यसले तत्काल पूर्णतापाउने कुनै सम्भावना पनि छैन । त्यसैले यिनै राजनैतिकदलहरूको षड्यन्त्रकारी चौघेरा तोडेर सदाका लागि देश रजनताको काँचुली फेर्न ‘शान्ति, निकास, विकास र विचारकोहाम्रो मूल नीति’ लागू गर्नु अपरिहार्यता भइसकेको छ । र, जनताले पनि यही नै आत्मसात गर्न चाहेको पाइन्छ ।
हामी के विश्वस्त तुल्याउन चाहन्छौं भने यो शक्ति या अभियानबिशुद्ध राष्ट्रवादी भएर नेपाली जनताको मायासहित मुटुकोढुकढुकी बन्दै चाँडै नै स्थापित हुनेछ । हाम्रो देश विश्वकै गरिबराष्ट्रको सूचिमा पार्ने, देशको अवस्था विकराल बनाउने, देशकोयुवा शक्ति विदेश पठाएर गुलामी र दासी बन्न बाध्य तुल्याउनेनेपालका अहिलेसम्मका शासक र विदेशी दलालहरू नै हुन् ।अब यिनीहरू कसैले माफी पाउने छैनन् । यसको नेतृत्व गर्नजन्मिएको अभियान तथा शक्ति नै ‘शान्ति, निकास, विकास रविचारको हाम्रो मूल नीति’ हो । सम्पूर्ण नेपाली नागरिकलाईहामी ढुक्क पार्न चाहन्छौं– हामी शान्तिप्रेमी हौं । अब फेरिमाओवादीको १० बर्षे जनयुद्धजस्तो कुनै पनि युद्ध भएमा देशलेथेग्न सक्दैन । हो, त्यस्तो पीडादायिक र अकल्पनिय अवस्थामुलुकमा नदोहोरियोस भन्ने ध्येय राखी दिगो शान्ति कायम गर्न नैहामीले ‘शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति’को अत्यावश्यक महसुस गरेका हौं । हामी शान्तिको झण्डा, विचार र उपदेश दिन नेपाली जनताका घरदैलोमा दु्रत गतिमागइरहेका छौं । फेरि यो पनि घोषणा गरिसकेका छौं कि हामीकुनै धर्म र पहिचानका विरोधि बिल्कुल हुँदैहोइनौं । हाम्रोप्रमुखता भनेको नै राष्ट्र र राष्ट्रियता रहेमात्रै धर्म र पहिचान पनिरहन्छ भन्ने हो ।
सवैले बुझेको पाटो हो, देश यतिबेला विभिन्न कारणले गम्भीरसंकटको अवस्थाबाट गुज्रिरहेको छ । यस संकटको घडीमादेशलाई शान्ति, निकास, विकास र विचार दिन अहिलेकाराजनीतिक दलहरू असफल भएका छन् । विदेशी हस्तक्षेप झनैबढेर गएको छ । देशको वैदेशिक नीति अझै स्पष्ट छैन, ढुलमुलेशैलिको छ । विकास निर्माणको काम पूरै ठप्प छ । देशमाव्याप्त बर्गीय समस्या छाडेर सस्तो लोकप्रियताका लागि जातीयनारा उरालिदै छ । परिणाम त देशलाई साम्प्रदायिक हिंसातर्फधकेलिदै छ । अतः यी सवैको एकमुष्ट निकास दिन सक्नेअभियान र शक्ति देशलाई टड्कारो खाँचो छ । त्यसैले हामीपहिलो त राष्ट्र संरक्षण गर्न आएका छौं । हामी राष्ट्र र जनताकोसुरक्षाका लागि कुनै कसर नराखी बिखण्डनकारी तत्वलाईपरास्त गर्ने हिम्मतकासाथ अगाडि बढेका छौं । त्यसपछि धर्म रपहिचानजस्ता राष्ट्रका प्रमुख मुद्दामा जनताको मताधिकारबाटफैसला गर्ने जिम्मा जनतालाई नै दिनेछौं । देशलाई निकास दिनअन्य राजनैतिक दल असफल भएको पुष्टि दुई–दुई पटककोसंविधानसभाको निर्वाचन र अपूर्ण संविधानको घोषणालेगरिसकेको छ । पुराना राजनैतिक दललाई अब नेपाली जनतालेविश्वास गर्न छाडिसकेको र देशमा नयाँ अभियान तथा शक्तिकोजरुरी भइसकेको अवस्थामा त्यसको नेतृत्व स्वदेश तथाविदेशमा रहेका नयाँपुस्ताले लिनुपर्ने ठहर अधिकांश नागरिक रहाम्रो पनि छ ।
त्यसो त अब हामीले देशलाई जसरी पनि निकास दिनुपर्छ भनेरअभियान सञ्चालन गरेको केही समय भयो । यसबीचमा धेरैउपलब्धि हासिल गरिसकेको दाबी हाम्रो छ । अहिलेसम्मनेपालका ७७ जिल्लामा ‘शान्ति, निकास, विकास र विचारकोहाम्रो मूल नीति’ अभियानका करिब १ लाख सक्रिय सदस्यहुनुहुन्छ । थपिने क्रम पनि जारी छ । जनताको यही तागतलेहामी संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता तथा मुलुकको भौगोलिक संरचनालाई थपमजबुत बनाउदै नेपालको संवैधानिक दायराभित्र रहेर नयाँ नेपालर जनताले चाहेजस्तो नागरिक राज्यको निमार्ण गर्नेजस्तोऐतिहासिक, महान र जिम्मेवारीपूर्व कार्यमा अघि बढि नै रहनेप्रतिवद्धता गर्दछौं ।
धन्यावाद ।
घनश्याम चम्लागाँई
नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक
Membership Form is open for all
Click here to downoad
समाचार
११ जेष्ठ २०७६